Friday, April 10, 2009

कबिता - "गरिबी"

गरिबको समुहमा एक पटक छिरि मात्र हेर
गरिबी संग जीवन विताएर मात्रै अनुभब गर
नियालेर सोच हरेक पाईला पाईलाहरुलाई
पाइन्छ त्यहां केबल दुःख र पिडाका रुपहरुलाई।

सडकको पेटीमा खाली पेट बसी आसु बगाउ
सकि नसकि भारी बोकी खुट्टा, घुंडा खुईल्याउ
तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई
त केवलगास ,बास र कपासमा अधुरै रहन्छ
उत्साह गरेर दिन रात भोक भोकै बस्न सिक
अनि आकाश जस्तो छानाको घरमा जिउन पनि सिक।

धनि ठूला बडाको काममा दिन रात रटेर गरेको हेर
तिम्रो इमानदारीतामा शोषणले जरा गाडेको छ हेर
अब सधैं टाउको निहुर्‍याएर जी हजुर मात्र नगर
सुख र सन्तोषको आभास के हो बुझ्न तिर लाग।

पाउनुपर्ने अधिकार के हो त्यसलाई पनि हेर
आफ्नो सच्चा जिन्दगीको रुपलाई बुझ्न तिर
लागदिन रातको मिहिनेतको अर्थ बुनमात्रै खोज
कुन संसारमा बांचेका छौं अब सोच्न तिर लाग।

नदेउ दुःख र पिडा भोग्नेछन् भन ठानेर अब
नभन हाम्रो बिचमा रगतको रगं अर्को हुन्छ भनेर
नगर भेदभाव धनी र गरिबलाई फरक ठानेर
किन हुन्छ यहाय्.त्र् मान्छे मान्छेको जिवनमा भेदभाब गरेर।

किन दिदैनौं समान अधिकार हामीलाई मानिस सम्झेर
अन्यायको विरुद्ध न्याय खोज्न एकजुट भै अगाडि बढेर
आफ्नो जिवनलाई संघर्षको रुपमा लिएर
कम्मर कसी ल्याउने छौं
सुनौलो बिहानी गरिबीको मुक्तिको दिन भनेर।


धन्यवाद

No comments:

Post a Comment