Wednesday, April 15, 2009

स्थितिलाई उत्तेजित पार्ने काम भइरहेको छ


अन्तर्वार्ता


पछिल्लो राजनैतिक घटनाक्रमको मूल्याङकन कसरी गर्नुहुन्छ ? -यतिखेर हामी संक्रमणकालिन स्थितिबाटै गुज्रीरहेका छौं । सबै राजनीतिक पार्टीहरूको उद्देश्य संविधान निर्माणमै केन्दि्रत हुनुपर्दथ्यो । तर त्यसो भइराखेको छैन । राजनीतिक पार्टीहरू संविधान लेखनभन्दा पनि अन्य सहायक र गौण विषयहरूलाई इस्यू बनाएर राजनीतिक परिस्थितिलाई रोक्ने धुमिल पार्ने प्रक्रियामा व्यस्त छन् । सहमति र सहकार्यबाट अगाडि बढ्नेभन्दा पनि असमझदारी पैदा गर्ने, स्थितिलाई उत्तेजित पार्न उद्ध्त छन् । यो परिस्थितिलाई चिर्ने कोशिस सबै राजनीतिक पार्टीले गर्नु पर्दथ्यो । एकीकृत नेकपा -माओवादी) यतीखेरको सरकारको नेतृत्व गरेको हिसावले र सबैभन्दा ठूलो दल भएकाले यो राजनीतिक परिस्थितिलाई हल गर्नको निम्ति मुख्य कोशिस र पहल त गर्नुपर्दछ । साग-सागै सबै राजनीतिक पार्टीहरूले समझदारीपूर्ण पहल गर्नु पर्दछ । तर त्यसो भईराखेको छैन । स्थितिबालाई उत्तेजक बनाउने प्रयास भईराखेको छ । यसले राम्रो गरेको छैन । ०वुटवल घटनालाई लिएर एमालेले प्रदर्शन गरेको व्यवहारले के कुराकोसंकेत गरेको छ ? -सरकार भित्रै वसेर एमालले प्रर्दशन गरेको नीति, व्यवहार वढो गजबको छ । सरकारमा रहेको पार्टीको हैसियतले व्यवहार गर्नुभन्दा पनि प्रतिपक्षले भन्दा पनि चर्को ब्यवहार देखाईरहेको छ । घटना प्रक्रियालाई उचालेर भयंकर ठूलो राजनैतिक इस्यू बनाउने कोशिस गरिराखेको छ । यो कुरालाई हेर्दा एमालले खोजेको कुरा के हो बुझ्न गाह्रो परिराखेको छ - जनताले भनिरहेका छन् । एमाले कस्तो राजनैतिक चरित्र भएको पार्टी हो । थैव हत्याकाण्डको बारेमा जो घटना घट्यो त्यसप्रति एकीकृत नेकपा -माओवादी)ले आफ्नो भनाई र विचार स्पष्ट पारिसकेको छ । सरकारले पनि धारणा अगाडि बढाईसकेको छ । त्यो घटना जसले घटाएको भएपनि आपराधिक र निन्दनीय छ भनेर प्रष्ट पारिसकेको स्थिति छ । घटना घटाउने अपराधीको छानविन र गिरफ्तार गर्नेभन्दा पनि नियोजित रूपमा कोही कसैलाई आरोपित गरेर जाने जुन सोच उसले बनाएको छ, यो प्रक्रिया बढो अनौठो छ । घटना घट्नुसाग सागै जसरी त्यसको प्रतिक्रिया व्यक्त भएको छ । घर निवासमा आगो लगाउने, आतंक मच्चाउने जो कोशिस भईराखेको छ । राजनीतिक स्थितिलाई असमझदारीपूर्ण बनाउने उत्तेजित बनाउने कोशिश भईराखेको छ । सदनै अवरुद्ध गनर्ेै, देशलाई बन्दी बनाउने जुन तरिका छ, यो पूर्ण रूपमा वेठिक छ भन्ने लाग्छ । यस्तो परिस्थितिले कोही कसैलाई राम्रो गर्दैन । ०यसरी एमालेले एउटै घटनालाई लिएर देशलाई नै बन्दी बनाउादाको परिणाम के हुन सक्छ ? -समग्र एमालेकै सोच त देशलाई बन्दी बनाउने हो भन्ने त छैन होला तर, त्यसभित्र रहेका केही अराजक नेताहरूको कारण यो स्थिति श्रृजना भएको हो । हाम्रो देश भित्र गडवडी मच्चाउन विदेशी शक्तिहरू खुलेर लागेको देखिन्छ । आठ जना जर्नेलहरूको प्रकरणमा कुटनीतिक मान्छेहरूको चासो, सरकारलाई सोध्दै नसोधी देशका विभिन्न ठाउाहरूमा गईराखेका छन् । चर्को वैदेशिक चलखेल र हस्तक्षेप छ । घटना रहस्यात्मक ढंगले अगाडि बढ्ने हामी माथि नियोजित आरोप लगाउनुलगायतका घटनाक्रमहरूलाई हेर्दा यो देशलाई अस्थिरतातर्फ लिएर जाने जुन वैदेशिक शक्ति केन्द्रको दाउछ । त्यसैतिर एमालेले बल पुर्�याईरहेको छ । एमाले वैदेशिक शक्तिकेन्द्र र घरेलु प्रतिक्रियावादी तप्काको गोटी वनिराखेको छ । अस्थिरता र भद्रगोल मच्चाउने तर्फ ऊ केन्दि्रत छ । यो कसैको लागि पनि हितकर छैन । यसको परिणाम अनततः अराजकता, अस्थिरता वाहेक अरु केही हुन सक्दैन । एमाले कसैको गोटी वनीरहेको छ भन्ने लाग्छ । ०यस्तो हुनुमा प्रमुख जिम्मेवार कसलाई ठान्नुहुन्छ तपाई ? -प्रमुख जिम्मेवार त स्थितिलाई उत्तेजित बनाउनेहरूकै हुनुपर्दछ । हामी र हाम्रो पार्टी पन्छिनु पर्दछ भन्ने होइन । विदेशी शक्तिकेन्द्रहरूको दिमाग अनुसार घुम्ने सोच, चलन र संस्कृतिक नै जिम्मेवार छ । कांग्रेस, एमालेजस्ता दलहरूको चिन्तन, व्यवहार, शैली नै प्रमुख जिम्मेवार छ । ०सम्बन्ध सुधारको लागि कुन चााही पक्ष बढी लचक र जिम्मेवार हुनुपर्ने हो त ? -जिम्मेवार त सबै पक्ष हुनुपर्दछ । यो पक्ष र त्यो पक्ष भन्ने कुरा नै भएन । लचकताको कुरा गर्नु हुन्छ भने माओवादी जति लचक र जिम्मेवार अरु राजनीतिक दलहरू कुन चाही छन् । हाम्रो यो लचकतालाई केही राजनीतिक शक्तिले कमजोरी ठानेका छन् । हाम्रो सदासयतालाई उनीहरूले गलत ढंगले बुझेका छन् । समस्या नै त्यहीनेर छ भन्ने हो । लचक र जिम्मेवार, हामी मात्रै होइन सबै राजनीतिक शक्तिहरू हुनुपर्दछ । ०कतिपय विश्लेषकहरूले त संविधानसभाको चुनावमा हारेको रिस एमालले माओवादीमाथि पोखिररहेको छ भन्छन् नी ? -यो भनाई एक किसीमले सही हो भन्ने लागेको छ । हिजोसम्म हामीमुहाली गरेका पार्टीहरूले ठानिराखेका थिए । माओवादीको शक्ति भनेको बन्दुक हो, जनता छैन । निर्वाचनमा उस्को शक्ति देखिन्छ भन्दै थिए । हामीलाई आठ दश सिट जित्ला भनेर खिसी गर्दै थिए । तर आम जनताले माओवादीको पक्षमा आफ्नो अभिमत जाहेर गरे । त्यो उनीहरूको लागि अनेपक्षित भयो । यसले अर्धविक्षिप्त भए । त्यसैको परिणाम सत्ताबाट वाहिरिनु पर्ने, गलहत्याईनु पर्ने, हात धुनुपर्ने स्थ्ितिमा कांग्रेस, एमाले पुगे । त्यही पिडा एकातिर, फेरी अर्कोतिर माओवादी नेतृत्वको सरकारमा बस्नु पर्नाको कारण एमालेले यो सिगौरी खेलेको हो भन्ने लाग्छ । उक्त विश्लेषण सही, सत्य छ भन्ने नै लाग्छ । ० माओवादीले वर्गसंघर्षको लाइनलाई छोडेर संशोधनवादी लाइन अंगाल्यो भन्ने टिप्पणी बाहिर सुनिन्छ, यो टिप्प्णीमा कतिको सत्यता छ ? -वर्गसंघर्ष भनेको हतियारबद्ध संघर्ष मात्रै हो र अरु होइन भन्ने होइन । वर्गसंघर्ष शान्ति पूर्ण ढंगले पनि हुन्छ, हतियार बद्ध पनि हुन्छ । कम्युनिष्टहरूले वर्गसंघर्षमा दुवै तरिकाहरू अपनाउने गर्दछन् । जस्तो हामी जनयुद्धमा जानुभन्दा पहिले पनि वर्गसंघर्षमै थियौं । त्यतिखेर शान्तिपूर्ण संघर्षको प्रयत्न गरेका थियौं । अहिले हामी त्यही वर्ग संघर्षको एउटा विशिष्ठ अवस्थामा छौं । भलै यो संघर्ष अगाडि बढाउादै जाादा आन्दोलनहरूमा सुधारवादी दृष्टिकोण देखा परेको हामीले देखेका छौं । विचारमा प्रस्ट हुन सकेनौं तरिका मिलाउन सकेनौं, नीति, योजना, कार्यक्रममा प्रस्ट हुन सकेनौं भने हाम्रो गति पनि त्यो दिशातिर जान सक्छ । हामी अहिले पनि सरकारमा छौं तर आन्दोलनमा छौं । सडक, सरकार, सदन यी तिनवटै मोर्चा हाम्रा आन्दोलनका रूप हुन् । जनमुक्ति सेना क्यान्टोनमेन्टमा छ त्यो पनि एउटा संघर्षकै मोर्चा हो । हामी संघर्षको एउटा विशिष्ट मोडमा छौं । निणर्ायक क्रान्ति सम्पन्न गर्नका निम्ति हामी लागि रहेका छौं । क्रान्ति, परिवर्तन, संघर्षको पक्षलाई छोडेर अगाडि बढेको भए त्यो दिशातर्फ लागेको भन्न सक्थ्यौं होला । मुख्य कुरा क्रान्ति सम्पन्न गर्ने परिवर्तन गर्ने, जनताको मुक्तिको कुरालाई नै उठाएको हुनाले अझै पनि हामी सही ठाउामा छौं । क्रान्तिकारी धारा भित्रै छौं, हामीले क्रान्ति छाडेका छैनौं । हामी संशोधनवादी र प्रतिक्रान्तिकारी हुनै सक्दैनौं, हामी त्यस्तो भयौ भने जनताले हामीलाई छोड्ने छैनन् । ० कांग्रेस लगायतका दलहरूले त माओवादी नेतृत्वको सरकारले कर्मचारी सेना, अदालत माथि हस्तक्षेप गर्�यो, राजनीतिकरण गर्�यो भनिराखेका छन्, माओवादीले साच्चै त्यस्तै गरेको स्थिति हो र ?-नेपाली कांग्रेस लगायतका पार्टीहरूले यो विषयमा हल्ला गरिराखेका छन् । उहााहरूमा अझै पूरानो सोच, चिन्तन बााकी छ । देशलाई बदल्न नचाहने चिन्तन र कार्यशैलीको परिणाम हो यो । उहााहरू फर्की फर्की पूरानै ठाउामा पुग्न चाहनु हुन्छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गलत गर्�यौं भन्दै हुनुहुन्छ । शान्ति प्रक्रियामा ल्याएको भन्ने कुरा वाहियात हो । किन भने हाम्रो मुद्दामा उहााहरू आएको हो । संविधानसभा हाम्रो मुद्दा हो, लोकतान्त्रिक गणतन्त्र हाम्रो मुद्दा हो । संवैधानिक राजतन्त्र र पूरानो संविधान नै उहााहरूको मुल दिशा थियो । हाम्रो मुद्दामा आएको हुनाले हामीलाई ल्याएको भन्ने कुरा नै सही होइन । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गलत गर्�यौ भन्ने कुरा छ, यो पूर्णत गलत हामीलाई ल्याइएको कारणले होइनकी राजतन्त्रलाई छोडेकोमा भइराखेको छ । क्रान्ति र परिवर्तनको पक्षमा माओवादीसाग सहकार्य गरेकोमा गलत भएको कुरा उहााहरूलाई लागेको हुन सक्छ । किनकी देश त अगाडि बढ्दै छ । नयाा परिवर्तन र रूपान्तरणको प्रक्रियामा अगाडि बढ्दै छ । नयाा सोच र चिन्तन हावी भएकोमा पछुतो छ उहााहरूलाई यसरी अगाडि बढ्यो भने आफ्नो स्थिति कमजोर हुने भयले नै काम गरेको छ । प्रहरी प्रशासन, सेना, अदालत, कर्मचारीमा परिवर्तन नै हुनु पर्दैन, नयाा बनाउन जरुरी छैन ? २ सय ४० वर्षदेखि राजतन्त्रसाग जोडिएर आएका तत्वहरू परिवर्तन, हुनु पर्दैन ? राज्यको पुर्नसंरचना भनिएको छ, त्यो भनेको के हो ? त्यो गर्नु जरुरी छ कि छैन । नियम अनुसार नै काम गर्दा उहााहरूलाई आतंक हुन्छ भने उहााहरू नयाा संविधान बनाउन नै तयार हुनुहुन्न । पूरानो सोच, चिन्तन भएका मान्छेहरू यथास्थितिमा राख्न, चाहन्छन् त्यसैका परिणाम हो यो । राजतन्त्रलाई ब्यूताएर बेबी किंगको रूपमा राख्ने अभिप्राय छ उहााहरूको । त्यसकारण यो स्थिति सृजना भएको हो ।० दलहरूमा बढ्दै गएको आपसी विवादले त समयमा संविधान निर्माण हुने भएन ती होइन ?-हाम्रो कोशिस त समयमै संविधान निर्माण गर्ने तिर नै हुन्छ । कार्यतालिका अनुसार नै काम गर्न हामी प्रतिवद्ध छौं । संविधान बनाउने प्रक्रिया अवरुद्ध भयो भने त्यो हाम्रो कारणले होइन, त्यो नेपाली कांग्रेस, एमालेको कारणले बन्छ । त्यो स्थिति बन्यो भने नेपाली जनताले ति बेइमानहरूलाई छोड्ने वाला छैनन् । ० माओवादी नेतृत्वको सरकार रुटिङ वर्कभन्दा माथि उठ्न सक्ने र जनताको आशा अनुरूप काम गर्न सकेन भनिन्छ ? के कारणले रोकिराखेको छ माओवादीलाई ?- निश्चित रूपमा जनताको अपेक्षा धेरै छ । जनतालाई शान्ति चाहिएको छ, महंगी नियन्त्रण छ, अपराधिकरणको नियन्त्रण छ, विकास निर्माण छ, राष्ट्रियताको रक्षा र सम्बर्धन छ । यी सबै चिज जनताले चाहिराखेका छन् । त्यो चाहना अनुरूप सरकारले काम अगाडि बढाउन नसकेको निश्चितै हो । यसको अर्थ सरकारले केही काम नगरेको भन्ने जुन विषय छ त्यो सही होइन । सरकारले धेरै कोशिस गरिराखेको छ । तर, सरकारको काम कारवाहीलाई अवरुद्ध गर्ने काम भइराखेको छ । सरकारले लक्ष्य अनुरूप राजश्व उठाएको छ, स्वरोजगार कार्यक्रमलाई त्यही ढंगले अगाडि बढाएको छ । विकास निर्माणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन खोजिएको छ । यसका लागि तलसम्म जान जुन संयन्त्र बन्नुपर्दथ्यो त्यो बन्न नदिन एमाले नै प्रमुख रूपमा लागेको छ । सकरारको कामलाई प्रभावकारी रूपमा लैजान नदिन संसद अवरोध गर्ने काम गरिराखिएको छ । अध्यादेश ल्याएर जनताको काम गर्न खोज्दा त्यही रोकियो । पार्टीहरूको बीचमा संस्कारगत समस्या देखिएको छ । सरकारलाई सहजढंगले काम गर्न नदिने प्रयास भइराखेको छ । भद्रगोल मच्चाउने मात्रै काम गरिराखेका स्थिति छ । सरकारको अंग भित्र पूरानो सोच र चिन्तन भएका मान्छेहरूले अवरोध गरिराखेका छन् । हामीले गरेको कामलाई असफल बनाउन त्यो तत्व पनि त्यतिकै लागेको छ । फेरि हाम्रो अनुभवजन्य कारणले पनि प्रभाव पारेको हुनसक्छ । ०तपाई नेवाः राज्य समितिको इन्चार्ज समेत हुनुहुन्छ, माओवादीले वर्ग संघर्ष छोडेर जातिय संघर्षलाई बढ्ता बढ्वा दिादा, मधेस र पूर्वी पहाड लगायतका क्षेत्रहरूमा समस्या बढेको भनिन्छ नी ?-यो एकदम गलत हल्ला हो । माओवादीले सधैं भरी वर्गसंघर्षलाई बढावा दिन्छ । प्राथमिकता दिन्छ । जातिय संघर्षलाई वर्गसंघर्षकै अभिन्न अंग मान्यो । वर्गसंघर्षको उठानको निम्ति नेपालको विशिष्ट परिस्थितिमा जातिय उत्पिडनको जुन स्थिति छ, त्यसलाई पनि वर्गसंघर्षलाई समाहित गर्नुपर्दछ भन्ने नीति अन्तरगत नै हामी अगाडि बढेका हौं । नेपालमा यति छोटो समयमा जनयुद्ध फैलिएर जानुमा वर्गसंघर्ष भित्र जातिय संघर्ष र त्यसको संघर्षको प्रक्रियालाई मिलाएकै कारण हो । वर्ग संघर्ष भन्दा पृथक ढंगले जातिय संघर्षलाई लिएको त्यसलाई प्राथमिकता दिएको भन्ने कुरा सााचो होइन । यो गलत कुरा हो । हामीले वर्ग संघर्षको जुन अवधारणा बनाएका छौं, त्यसमा जातिय उत्पिडनविरुद्धको संघर्षलाई पनि लिएर जानु पर्दछ, भनेका हौं । सही कुरालाई गलत ढंगले प्रचार गर्ने काम भएको छ । विदेशी तत्वले यही कुरालाई उचालिराखेका छन् । सचेत पहलकदमी लिन नसक्दा विषयमा भ्रम पैदा हुन सक्छ यो सही हो । तर, मुख्य कुरा वर्ग संघर्ष हो । वर्गसंघर्ष नै प्रधान कुरा हो । यसैलाई ध्यान दिएर जातिय कुरालाई अगाडि बढाउनुपर्दछ ।

No comments:

Post a Comment