मन्त्री परिषद्को बिहीबार बिहान बसेको बैठकले राज्य पुनसंरचना आयोग गठन गर्ने निर्णय गरेको छ । जनजाति नेता गणेशमान गुरुङको संयोजकत्वमा गठित उक्त आयोगमा एक जना महिला सदस्य हुनुहुन्छ । साथै सत्तारुढ सबैदलबाट एक/एक सदस्यको नाम पठाउन अनुरोध गरिएको छ । साथै सरकारले सबै २४० निर्वाचन क्षेत्रहरुमा सेवा केन्द्र खोल्ने निर्णयसमेत गरेको छ ।
पहाडी जिल्लाहरुमा आवश्यकता अनुसार केन्द्र खोल्न सकिने निर्णय पनि सरकारले गरेको छ । यसअघि सेवा केन्द्र खोल्ने सरकारी निर्णय विवादमा परेपछि यसपल्ट सर्बदलीय सहमतिको आधारमा खोल्ने निर्णय गरेको बैठकपछि सरकारी प्रवक्ता कृष्णबहादुर संचारकर्मीहरुलाई जानकारी दिनुभयो । त्यसैगरी कपिलबस्तु घटनामा मुद्दा चलाइएका ४१९ जनाको मृद्दासमेत फिर्ता लिने निर्णय गरेको छ । साथै बैठकले समाजकल्याण परिषद् पुर्नगठनको निर्णय पनि गरेको छ । समाज कल्याणमन्त्री पदेन अध्यक्ष रहने परिषद्मा दाताराम खनाल उपाध्यक्ष नियुक्त हुनुभएको छ भने सचिबमा थेवाङ शेर्पा रहनुभएको छ। बुटवलका एमाले कार्यकर्ता प्रचण्डमान थैवको हत्यापछि एमालेले मन्त्रीपरिषद् बैठक बहिष्कार गरेकाले १६ दिनपछि बैठक बसेको हो ।

No comments:
Post a Comment