
घर मेरो पर्बत
हाल काठमाडौं
पढी लेखी ज्ञानी बनी शिक्षित हुन चाहन्छु
स्कुल मेरो फ्लोरोसेन्ट कक्षा पाचमा पढ़छु,
पढ़ी लेखी ज्ञानी बनी ठुलो मान्छे बन्छु
गुरुहरुले दिएको गृहकार्य सधैं गर्छु
गृहकार्य गरेपछी सधैं पढ्न बस्छु
घर आइ हातखुट्टा धोइ खाजा खान बस्छु
खाजा खाइसकेपछी आफ्नो काममा लाग्छु।
आदर गर्नु पर्छु आफु भन्दा ठुलालाई
माया गर्नु पर्छ आफु भन्दा सानालाई
माया गर्नु पर्छ हामीले जन्मभूमी देशलाई
कहिले पनि अपमान नगरौ देशका शहीदहरुलाई
शहीदको सपनालाई साकार गर्नुछ
हामीले नयाँ नेपाल कोर्नुछ
नयाँ बिचारले नयाँ नेपाल निर्माण गरौ
अरुको लागी आफ्नो ज्यान सुम्पने शाहीदलाई
लाल सलाम कलीला हातले
कलीला हातले
दर्पण राज गौतम
(बर्ष- ९) रोसकिल्डे ,डेनमार्क
No comments:
Post a Comment