सरकारले प्रधानसेनापति रुक्माङगत कटवाललाई कारवाही गर्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मात्रै प्रधानसेनापतिलाई दुईपटक भेट गरेका थिए । बिशेष स्रोतका अनुसार आइतबार आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद्को बैठकले कटवालले नागरिक सत्तालाई चुनौती दिएको भन्दै चौबिस घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
चित्त बुझ्दो स्पष्टीकरण नदिए कारवाही गरिने स्रोतले जनाएको छ । कटवालले नागरिक सत्ताको अबज्ञा गर्दै समानान्तर सत्ताको रुपमा बिकास गर्न खोजेको निष्कर्ष मन्त्रीपरिषद्को छ । खासगरी प्रधानसेनापतिले सरकारी निर्देशनको अबज्ञा गर्दै सैन्य भर्ती गरेको, आठ जर्नेललाई पुर्नबहाली गर्न सर्बोच्चले दिएको आदेशपछि रक्षा मन्त्रालयलाई जानकारी नै नगराई हाजिर गराएको, प्रधानमन्त्री नै संरक्षक रहेको खेलकुद परिषद्का खेलहरु जनसेना सहभागी भएको भन्दै बहिष्कार गरेको लगायतका कुराहरु गम्भीर रहेको सरकारी ठहर छ । कटवाललाई कारवाही गर्ने बिषयमा सरकारमा सहभागी शीर्ष पाँच दलका नेताहरुको बैठक समेत भएको छ । लामो समयदेखि सेना र सरकारबीच तिक्तता रहँदै आएको थियो । मन्त्रीपरिषद्ले कटवाललाई स्वेच्छिक अबकाश लिनका लागि अनुरोध गरेको पनि बुझिएको छ ।

No comments:
Post a Comment