Friday, April 10, 2009
करिश्माको करिश्मा: पौडीमा नयाँ कीर्तिमान
काठमाडौं- पाँचौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत आज भएको पौडी खेलमा करिष्मा कार्कीले सबैभन्दा बढी पदक जित्ने कीर्तिमान कायम गरेकी छिन्। उनले पौडीमा आफूले प्रतिस्पर्धा गरेका सबै १२ वटै इभेन्टमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेकी हुन् । आज भएको खेलमा कार्कीले थप चारवटा स्वर्ण पदक जितेर १२ स्वर्ण पुर्याएकी हुन्।उनले आज भएको २०० मिटर इन्डिभिजुयल मेडली, १०० मिटर ब्याकस्ट्रोक, १०० मिटर ब्रेस्ट स्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेर १२ स्वर्ण पुर्याएकी हुन् ।पौडी खेलका कूल १३ इभेन्टमा करिश्मा ५० मिटर ब्रेस्ट स्ट्रोकबाहेक सबै प्रतिस्पर्धामा सहभागी भएकी थिइन् । १७ बर्षीया कार्की ख्वप इन्जिनियरङि कलेज भक्तपुरमा अध्ययनरत रहेकी छिन् ।यस अगाडिको चौंथो राष्ट्रिय खेलकुद प्रतियोगितामा नैना शाक्यले ९ स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment