राजधानीलगायत मुलुकका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
तराईका विभिन्न स्थानमा लगातार भएको बन्दका कारण आपूर्ति हुन नसकेपछि समस्या झन भन्दा झन चर्किएको हो । समस्यालाई थप विकराल हुन नदिन गृह प्रशासनको सहयोगमा कर्फ्यु लगाएरै भएपनि आपुर्ति गर्ने तयारी भैरहेको वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा उपयोग हुने ७० प्रतिशतभन्दा बढि प्रेट्रोलियम पदार्थ रक्सौलबाट आयात हुने गर्छ । त्यो मार्ग अवरुद्ध भएपछि राजधानीमा समस्या थपिदै गएको छ । डेढ महिनाको अवधिमा प्रेट्रोलियम आयात गर्ने राजमार्ग ३३ दिन बन्द भै सकेको छ । खुलेको १२ दिनमा पनि स्वभाविक रुपमा प्रेट्रोलियम आयात गर्न नसकिएको आयल निगमले जनाएको छ । काठमाडौंमा अहिले पेट्रोलियम मौज्दात कम हुँदै गएको छ । निगमको थानकोट डिपोका अनुसार अहिले पेट्रोल दैनिक एक लाख र डिजेल दुई लाख लिटरको हाराहारीमा वितवरण भैरहेको छ । केही दिनमात्र प्रेट्रोलियम पदार्थ आयात भएन भने मौज्दात रित्तिने डिपोले जनाएको छ ।

No comments:
Post a Comment