काठमाडौं, अप्रिल ३० ।
आन्दोलनरत थरुहट स्वायत्त राज्यपरिषदका अध्यक्ष लक्ष्मण थारुले तीन दिनभित्र सरकारले विगतमा भएको ६ बुंदे सहमति कार्यान्वयन नगरे आफूहरुद्धारा घोषित संघहरुलाई सक्रिय बनाएर आफ्नो सत्ताको निर्माण आफै गर्ने चेतावनी दिएका छन् । आज राजधानीमा परिषदसहित पांचवटा जातीय मोर्चा र चारवटा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुलुकलाई बिखण्डन पार्ने गम्भीर षड्यन्त्र भइरहेकाले आफूहरु संघहरुलाई सक्रिय बनाएर नयां सरकार बनाउन वाध्य हुनलागेको बताए । 'संघहरुलाई सक्रिय बनाएर नयां सरकार घोषणा गर्दैछौं,' थारुले भने, 'आफ्नो सत्ताको निर्माण आफै गर्र्छौं, हामीमाथि हस्तक्षेप भए ३५ हजार थारु सेना संघर्षका लागि तयार छ ।' आफूहरुलाई सरकार र प्रमुख दलले पटक पटक झुक्याएको भन्दै थारु आन्दोलन तुहाउन खोजेको बताए । आन्दोलन तुहाउनेहरु आफै समाप्त हुने भन्दै हिमाल, पहाड र तर्राईमा आन्दोलन उठ्ने बताए ।
No comments:
Post a Comment