Friday, April 10, 2009
चीनले दुई हजार अस्पताल बनाउने
बेइजिङ/ चीनले प्रत्येक काउन्टीमा राष्ट्रियस्तरको मापदण्डअनुरूप कम्तीमा दुई हजार काउन्टी स्तरका अस्पताल बनाउने भएको छ । मंगलबार प्रकाशित चीनको स्वास्थ्य सुधारसम्बन्धी कार्ययोजनामा यो कुरा उल्लेख गरिएको छ । २००९ देखि ११ सम्मको एक सय २४ विलियन अमेरिकी डलरको योजनाअन्तर्गत केन्द्रीय सरकारले यस वर्ष पाँच हजार साना सहरी अस्पतालको स्तरवृद्धि गर्नुका साथै २९ हजारसम्म सहरी अस्पतालको निर्माण गर्न कोष उपलब्ध गराउनेछ । यसका साथै सरकारले आगामी तीन वर्षभित्र सबै गाउँमा एक क्लिनिक स्थापना गर्न दुर्गम स्थानहरूमा गाउँ क्लिनिक निर्माण गर्न पनि रकम उपलब्ध गराउनेछ । सहरी क्षेत्रमा ३७ सय सामुदायिक स्वास्थ्य केन्द्र र ११ हजार सामुदायिक स्वास्थ्य स्टेसन स्थापना गर्ने र स्तर उकास्नेसमेत योजना छ । यस प्रयासकै अंगका रूपमा सरकारले सहरी बेरोजगारहरू र किसानका लागि ५० प्रतिशत स्वास्थ्य बिमा सहुलियत दिनेछ । अर्को वर्ष सो सहुलियत रकम एक सय २० युआन पुुग्नेछ । चीनले सो योजना चीनभर समानतापूर्ण र विश्व व्यापक स्वास्थ्य सेवाको ठोस जग बस्ने अपेक्षा राखेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment