Sunday, April 26, 2009

कटुवाललाई कार्वाहीको माग गर्दै नेपालीदुताबास जेनेभामा ज्ञापन पत्र



बेर्न स्विट्जरल्यान्ड,
२६ अप्रिल २००९ । स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको ह्क हितको लागि र नेपालमा सामन्तबाद, बिस्तारबाद र साम्राज्यबादकोबिरुद्धमा लामो समयदेखी निरन्तरसंघर्ष गर्दै आई रहेको संघठन नेपाली एक्यबद्दता मंच (नेसोफस्विस) स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभा स्थित नेपाली दुताबासमा प्रधानसेनापती रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै एक बिरोधकार्यक्रम को आयोजना गरी नेपालीदुताबासका महामहिम राजदुत डादिनेश भट्टराई समक्ष नेपालसरकारका प्रधानमन्त्रिलाई सम्बोधित एक ज्ञापन पत्र बुझाएको छ।

उक्त ज्ञापन पत्रमा भनिएको छ "जननिर्वाचित सरकारको आदेश पटक पटक लत्याउने मात्रै नभै चुनौती पनि दिदै नेपाली सेनाका सेनापती रुक्माङगत कटुवालले सेनालाई सरकारको मातहतमा होइन समान्तर शक्ती केन्द्रको रुपमा प्रस्तुत गर्न खोजेको , सैनिक अधिनायक लादन कुस्ठित मनसायले समयमै संबिधानबन्न नदिने चाहे त्यो सरकारको निर्देशन बिपरित सेनामा नयाँभर्ती लिनु , आठ जना जर्नेलहरुको अवकास होस चाहे स्पस्टिकरण सोधिएको होस वा जनमुक्ती सेनासम्मिलित खेलबाट नेपाली सेना फिर्ता बोलाउने साथै नागरिक सर्बोच्चताको अपमान गर्दै नेपाल सरकारको आदेश पालना नगर्ने प्रधान सेनापती रुक्माङत कटुवाललाई छिटो भन्दा छिटो पद बाटबर्खस्त गरी कार्वाही गर्नको लागि नेपाल सरकारको सम्मानित प्रधानमन्त्री समक्ष अनुरोध गर्दछौ ।"

बिरोध कार्यक्रमको नेत्रृत्वनेपाल बाट UNको कार्यक्रममा भागलिन आउनु भयका एकीकृत नेकपामाओवादीका सभासद बिनोद पहाडीलेगर्नु भएको थियो । उक्त ज्ञापनपत्र लाई संगठनका महासचिव कमल केसी ले पढेर सुनाउनु भएको थियो भने ज्ञापन पत्र संघठनका अध्यक्ष अशोक चौलागाइले महामहिम राजदुत डा दिनेस भट्टराईलाई हस्तान्तरण गर्नु भएको थियो । ज्ञापनपत्रलाई तुरुन्तै फ्याक्स मार्फत सम्मानानीय प्रधानमन्त्रीलाई पठाउने र सक्कल प्रती जती सक्दो छिटो सम्बन्धित ठांउमा पठाउने प्रतीबद्दता महामहिम राजदुतभटट् राइले ब्यक्त गर्नु भयो । सरकारले प्रतिबद्दता गरेका शान्ती प्रकृया तार्किक निस्कर्षमा पुर्याउनु, नयाँसंबिधान निर्माण र गणतन्त्रसंस्थागत गर्दै आर्थिक नितीकार्यक्रम कार्यन्वयन गर्नेजस्ता काममा हामी सबैले आ-आफ्नोठाउँ बाट सहयोग पुर्याउन आग्रहगर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै सभासद बिनोद पहाडीले प्रबाशमा रहेर पनी नेपालीहरुलाई एकीकृतगर्दै देश र जनता प्रतीसंघठनले निभाउदै आएको भूमिकाप्रती खुशी ब्यक्त गर्नु भयो तथा गणतन्त्र स्थापनाको लागि भएको शाहीदहरुको बलिदानीलाई आत्मसाथगर्दै त्यसका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने तथा प्रतिगामिहरुका चलखल बिरुद्धसंघर्ष जारी राख्नु पर्ने कुरा बताउनुभयो।
साथै ज्ञापनपत्रको बोधार्थरक्षा मन्त्रालय र नेपालीदुताबास जेनेभालाई पनि दिईएको छ।

No comments:

Post a Comment