Thursday, April 23, 2009
थारू आन्दोलन चर्कियो, अनमिनको गाडी तोडफोड
थारू आन्दोलनकारीले बुधबार नेपालगन्जमा अनमिनको गाडी तोडफोड गरेका छन् । बन्दका वेला चलाएको भन्दै थारू कार्यकर्ताले अनमिनको गाडी तोडफोड गरेका हुन् । अनमिनले बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले नेपालगन्जको भृकुटीनगर चोकमा १०-२४२ नम्बरको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दमा राष्ट्रिय मानवअधिकार आयोगबाहेक संयुक्त राष्ट्रसंघ र अन्य अधिकारवादीका सवारीसाधनसमेत चल्न नदिने चेतावनी दिएको थियो । बन्दका क्रममा संयुक्त राष्ट्रसंघ र नेपालका अन्य अधिकारवादी संघसंस्थाका कुनै गाडी दिनभर चलेनन् ।दुई गाडी जलाइएबन्दको अवज्ञा गरेको भन्दै थरुहट संघर्ष समितिका कार्यकर्ताले बुधबार चितवनमा दुईवटा गाडी जलाएका छन् । थरुहटका कार्यकर्ताले वीरगन्जबाट पोखराका लागि छुटेको ना३ख ६२५२ नम्बरको यात्रुबाहक बस र ना२ख ५४३७ नम्बरको मालबाहक ट्रक पूर्वी चितवनको खगेरी खोलामा जलाएका हुन् । बन्दका क्रममा चितवनका विभिन्न स्थानमा थरुहट कार्यकर्ताले ढुंगामुढा तेस्र्याइ बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध भएपछि चितवनमा यातायात ठप्प भएको छ भने कलकारखाना, शैक्षिक संस्था, पसल बन्द छन् ।सुदूरपश्चिम पनि प्रभावितयसैगरी, थरुहट संयुक्त संघर्ष समितिले गरेको तराई बन्दले बुधबार सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । थरुहट संघर्ष समितिले गरेको आमहडतालका कारण बुधबार सुदूरपश्चिमभर यातायात चल्न सकेनन् । महेन्द्रनगर, धनगढीलगायत सहरबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने छोटा तथा लामो दूरीका यातायातका साधान चलेका छैनन् । अत्तरियामा गरिएको चक्काजामका कारण पहाडी जिल्लातर्फ समेत यातायातका साधन जान नपाएका हुन् ।बन्दकर्ताहरूले पूर्व-पश्चिम राजमार्ग तथा अन्य राजमार्गमा अवरोध खडा गरेका छन् । ठाउँठाउँमा ढुंगामुढा तेस्र्याएर सडक अवरुद्ध पारेका छन् । उनीहरूले पूर्व-पश्चिम राजमार्गको भासी, सुडा, दैजी, झलारी, कलुवापुर, गुलरिया, अत्तरियालगायतका स्थानमा सडकमा ढुंगामुढा तेर्र्याएका छन् । थरुहट संघर्ष समितिसँग आबद्ध व्यक्तिहरूले ठाउँठाउँमा टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन् । सप्तरी पनि ठप्पथरुहटको आमहडतालका कारण बुधबार सप्तरी ठप्प भएको छ । सप्तरीखण्डको पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा सवारीका साधन चलेका छैनन् । फत्तेपुर, कल्याणपुरलगायतका ग्रामीण बजार बन्द रहेका छन् । थारू बाहुल्य रहेको ग्रामीण क्षेत्रका शैक्षिक संस्थामा समेत बन्दको प्रभाव परेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment