प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै नेपाली जनताले भूमि अधिकार नपाएसम्म शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनुभएको छ ।
राजधानीमा भूमि अधिकार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले देशमा सदियौंदेखि जनता भूमिअधिकारबाट बञ्चित रहेको र भूमि निश्चित व्यक्तिहरुको हातमा रहेकाले देशको बिकास उच्चतम रुपमा हुन नसकेको बताउनुभयो । उहाँले भूमि सुधारको कुरा धेरै अघिदेखि उठेपनि जनयुद्धले त्यसलाई सशक्त रुपमा उठाएको बताउनुभयो । प्रचण्डले भूमि सुधारका लागि आयोग गठन भई सकेको बताउँदै ६ महिनाभित्र भूमि सुधारको निश्चित खाका तय गर्ने दावी गर्नुभयो ।

No comments:
Post a Comment