१२० औ मे दिवसको तयारी देशभर भव्य रुपमा गरिएको छ । भने त्यसको पूर्वसन्ध्यामा बिभिन्न मजदुर संगठनहरुले तयारीका बिभिन्न कार्यक्रमहरु गरेका छन्l
१२० बर्षअघि मजदुरहरुले बिजय प्राप्त गरेको दिनलाई आधार मानेर मनाउन लागिएको १२० औं अन्तराष्ट्रिय मजदुर दिवश संसारभरका मजदुरहरुले भव्य रुपमा मनाउने गर्दछन्l । सो को तयारीको अबसरमा पारेर अखिल नेपाल ट्रेड युनियन महासंघले राजधानीमा भव्य प्रचारप्रसार पम्पलेटिङ, कोणसभाहरु गरेको छ । उनीहरुले संसारभरका मजदुरहरु अझै एक नभैसकेकाले त्यसको तयारीका लागि सबै मिलेर लड्नुपर्ने बिचार राखेका छन्l । त्यसैगरी बिहीबार मजदुर दिवशको पूर्वसन्ध्यामा राजधानीमा नयाँ संबिधानमा मजदुरहरुको अधिकार बिषयक अन्तक्रिया कार्यक्रममा बिभिन्न मजदुर नेताहरुको बिश्व सबै मजदुरहरु एक भएर लड्नुपर्ने आवश्यक्ता औल्याए । नेपाल ट्रेड युनियनका महासंघका गणेश रेम्मीले नयाँ संबिधानमा मजदुरहरुको हक सुनिश्चित गर्नका लागि सबै संगठनहरु एक भएर लड्नुपर्ने बताउनुभयो । उहाँले सामन्तवाद, प्रतिक्रियावादी, दलाल पुँजीपतिहरुको पक्षमा संबिधान बन्न सक्ने आशंका व्यक्त गर्नुभयो। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिब अच्युत पाण्डेले मजदुरहरुको हक कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभयो । अन्टुकका महासचिब नारायणप्रसाद शर्माले बन्द, हडताल गर्ने मजदुरहरुको नैसर्गिक अधिकार भएकाले त्यसमा रोक लगाउन नहुने बताउनुभयो ।

No comments:
Post a Comment