Friday, April 10, 2009

धमलालाई थुनामुक्त गर्न पुनरावेदन अदालतको आदेश

काठमाडौं- रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई थुना मुक्त गर्न पुनरावेदन अदालत पाटनले आदेश दिएको छ । आज चैत्र २८ गते न्यायधीश द्धय मिलन घिमिरे र आनन्द मोहन भट्टर्राईको संयुक्त इजलासले धमलालाई सधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको ‌आदेशपछि आफूले न्याय पाएको धमलाले प्रतिक्रिया दिएका छन् ।

धमलासँगै थुनामा रहेका विरेन्द्र के एम र रामसुभक महतोलागि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयलाई सदर गरेको छ । रणविर सेनासँगको मिलेमतोमा आपराधीक गतिबिधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रशसासन कार्यालय काठमाडौंले दुइ महिना अघि धमलालाई उनकै कार्यालयबाट पक्राउ गरी मुद्दा चलाईएको थियो ।

यस अधि जिल्ला अदालत काठमाडौले हातहतियार सम्बन्धी मुद्दामा भने धमलालाई साधारण तारेखमा छोड्न आदेश जारी गरेको थियो । पुनरावेदन अदालत पाटनको आदेश पछि धमला आजबाट थुनामुक्त हुने रिपोर्टस क्लब नेपालले जनाएको छ ।

No comments:

Post a Comment