Sunday, May 31, 2009

माधव नेपाल गृह जिल्लातिर

नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्लातिर जानुभएको छ । उहाँ बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँले अध्ययन गरेको चन्द्रनिगाहापुरको जनज्योति बिद्यालयले आयोजना गर्ने स्वागत कार्यक्रम र सदरमुकाम गौरमा सम्मान कार्यक्रममा सहभागी भई पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उहाँले त्यहाँ रहेका सरकारी निकायका कर्मचारीहरुलाई पनि निर्देशन दिने पनि बताइएको छ ।
त्यसपछि उहाँ कोशी बाँधमा पुगेर त्यहाँको अबस्था बारे जानकारी लिने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

छोरीलाई सरकारको नेतृत्व गराउन कोइरालालाई अप्ठेरो

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पार्टीको नेतृत्व गरेर छोरी सुजातालाई सरकारमा पठाउने इच्छामा ठेस लागेको छ । उहाँलाई स्वेच्छिक निर्णय नर्गन नेताहरुले सुझाव दिएका छन् । केन्द्रिय समितिले पनि सोही बिषयमा दवाव दिएको छ ।
शनिबार दिनभर पार्टी कार्यालय बल्खुमा बसेको केन्द्रीय समितिको बैठकले सरकारमा कसकसलाई पठाउने भन्ने बिषयमा कोइरालालाई जिम्मा दिएपछि उहाँले पार्टीका बरिष्ठ नेताहरुसँग छलफल थाल्नुभएको थियो ।
उहाँले कावा सभापति शुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
सो अबसरमा नेताहरुले पार्टी उपसभापतिमध्येबाट सरकारको नेतृत्व गर्न उपयुक्त हुने तर्क राखेको स्रोतले जानकारी दिएको छ । पार्टीमा अहिले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ उपसभापति रहेका छन्‍f । सुजाताले नेतृत्व नगरेपनि महत्वपूर्ण मन्त्रालयको साथमा सरकारमा जाने सक्ने स्रोतले जानकारी दिएको छ । सो बिषयमा थप आन्तरिक छलफलहरु जारी रहेका छन्‍f ।

Saturday, May 23, 2009

अन्तिम क्याबिनेट बैठक बालुवाटारमा वस्दै

९ जेठ, काठमाडौं ।
कामचलाउ सरकारले राजीनामा दिएको २० दिनपछि आज मन्त्रीपरिषद बैठक बस्दै छ । कामचलाउ सरकारमा सहभागी सबै दललाई बैठकमा बोलाइएको संञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बिहान ११ बजे बस्ने बैठकले नौ महिने सरकारको कामको समिक्षा समेत गर्ने बताइएको छ । कामचलाउ सरकारका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले आजै मन्त्री निवास पनि छाड्ने बुझिएको छ ।

प्रधानमन्त्रीको उम्मेदवारमा नेपालको मनोनयन दर्ता

९ जेठ, काठमाण्डौं ।
आज हुने प्रधानमन्त्री पदको निर्वाचनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नाम दर्ता गरिएको छ ।नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक रहेको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनालसहित २२ जना समर्थक रहेका छन् । यस्तै स्वतन्त्र सभासद बबन सिंह र सदरुल मियाँ हकले पनि नेपाललाई समर्थन गरेका छन् ।अपरान्ह १ बजेसम्म मनोनयन दर्ता गराएपछि तीन बजे सुरु हुने संबिधानसभाको वैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यतालिका संसद सचिवालयले तय गरेको छ ।
यता माओवादीले भने प्रधानमन्त्रीको निर्वाचन प्रकृया बहिस्कार गर्ने भएको छ । माओवादीले प्रधानमन्त्रीको उम्मेदवार नउठाएपछि नेता नेपाल निर्बिरोध हुने देखिएको छ ।

नेकपा एकीकृत माओबादीका अधयक्ष क. प्रचण्डले संबिधानसभामा दीनुभएको भाषण

सभामुख महोदय
नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन। अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरु खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ। यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरुका साथै महान् जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र समृद्ध एवं नयाँ लोकतान्त्रिक नेपालको सपना साकार पार्न आपुनो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धा व्यक्त गर्दछु। उनीहरुको परिवारजनप्रति सम्मान प्रकट गर्दछु। त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरु जसले नयाँ नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन् ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरुका परिवारजनप्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु। नयाँ नेपाल निर्माणको सन्दर्भमा घाइते अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरुका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहान्छु।

सभामुख महोदय
एकीकृत नेकपा माओवादी को नेतृत्वमा रहेको सरकारले आफु मातहतको एक कर्मचारी नेपाली सेनाको प्रधान सेनापतिसँग मागेको स्पष्टीकरण र उनीमाथि लिइएको कारबाही प्रकरणले नेपालको लोकतन्त्रको स्थिति नेपालको आत्मनिर्णयको अधिकार यसको राष्ट्रिय स्वतन्त्रताको स्थितिजस्ता अत्यन्त गम्भीर दुरगामी र संवेदनशील प्रश्नहरुलाई सतहमा ल्याएको छ। २००७ साल वरिपरिबाट जनताको सर्वोच्चताका लागि लड्दै आएका राजनीतिक दल नागरिक आन्दोलन र सम्पूर्ण सचेत नेपालीले यतिबेला निधार खुम्च्याएर छातीमा हात राखेर सोच्नु पर्ने भएको छ। २००७ सालको राजनीतिक उपलब्धी ०१७ सालमा कसरी खोसियो निर्दलीय पाचायती तानाशाही ३० वर्षसम्म कसरी टिक्न सक्यो ०४६ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई ज्ञानेन्द्र शाहले कसरी सजिलै अपहरण गरेर निरङ्कुश शासन लाद्न सके जनयुद्ध र जनआन्दोलनका शक्ति मिलेर परास्त गरिएको निरङ्कुश सामन्तीतन्त्र फर्कने कुन-कुन कुनाबाट हुन सक्छ प्रश्न निकै गम्भीर छन्। इतिहासका प्रत्येक मोडमा प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न त्यसकै अनुपातमा सेनामा सुधार र सुदृढीकरण गरी नागरिक सर्वोच्चतलाई दिगो पार्न नसक्नु नै ००७ सालदेखिकै हाम्रो राजनीतिक आन्दोलनको एउटा भयानक र विस्मयकारी कमजोरी रहँदै आएको छ। यो तथ्यलाई आपुनो जीवनको उत्तराद्र्धमा नेपाली कांग्रेसका नेता एवं विचारक वीपी कोइरालाले देख्नु भएको कुरा हामी सबैलाई थाहा छ।

सभामुख महोदय
आज फेरि प्रश्न नागरिक सर्वोच्चतालाई दिगो पार्न सेनामा आवश्यक सुधार गर्ने वा नागरिक सर्वोच्चतालाई चुनौती दिने एकाध सैनिक अधिकारीका अगाडि घुडाँ टेकेर जनताको उपलब्धीलाई खिल्ली उडाउने लोकतन्त्रको यक्ष प्रश्न आज यही बन्न गएको छ। कुसर्ीको क्षणिक स्वार्थका निमित्त राष्ट्र र जनतालाई भड्खारोमा हाल्न तयार हुने वा राष्ट्रको स्वतन्त्रता एवं जनताको सर्वोच्चताका लागि कुसर्ीको परवाह नगरी दह्रोसँग उभिने यो प्रश्नको जवाफ हाम्रो पार्टी र त्यसको नेतृत्वका हैशियतले मैले कुसर्ी त्यागलाई सगर्व स्वीकार गरेर दिएको छु। म आशा गर्दछु कि यो सम्मानीत सदनले लोकतन्त्र के यो भारी संवेदनशील मुद्दामा सही फैशला लिने छ। यदि तत्काल त्यसो हुन सकेन भने पनि यो मुद्दा आम जनताको मुद्दा हुनेछ र जनता आपुनो सर्वोच्चताका निमित्त यो मुद्दामा पुरै जीत हाशिल नहुँदासम्म अगाडि बढिरहने छन्। हामी हमेशा राष्ट्र र जनताको साथ हुने छौं।

सभामुख महोदय
नेपाली लोकतन्त्र र जनताको सर्वोच्चताबारे यति कुरा राखी सकेपछि अब म नेपाली राष्ट्रियताका बारेमा केही कुरा राख्न आवश्यक ठान्दछु र त्यसको लागि अनुमति चाहान्छु। राष्ट्रियता र लोकतन्त्र अविभाज्य छन् र यतिबेला यी प्रश्न विशिष्ट रुपले व्यक्त भइरहेका छन्। राष्ट्रियताको चर्चा गर्दा यसको बाह्य र आन्तरिक दुवै पक्षमा ध्यान जान जरुरी छ। राष्ट्रियताको बाह्य पक्षको कुरा गर्दा नेपाली विशिष्टितामा छिमेकी भारत र हाम्रो नेपालको सम्बन्धका अत्यन्त संवेदनशील पक्षहरु आकर्षित हुन्छन्। म सुरुमै स्पष्ट गर्न चाहान्छु हामी हाम्रो छिमेकी र विश्वका सबै राष्ट्रहरुसँग सुमधुर कुटनीतिक सम्बन्धको पक्षमा दृढ छौं। यहाँ म नेपाल भारत सम्बन्धका बहुआयमिक पक्षहरुका बारेमा विस्तृत चर्चा गर्न पनि गइरहेको छैन। यहाँ मैले के मा मात्र ध्यान आकर्षित गर्न चाहेको छु भने अंग्रेज-भारतसँगको सुगौली सन्धीबाट निर्धारित दुई पक्षीय सम्बन्धको परिभाषा र त्यसबाट निर्मित भारतिय र नेपाली शासन सत्ताको मानसिकता शैली र संस्कारमा परिवर्तनको कुरा। हामी सुगौली सन्धीबाट अंग्रेज-भारतको अर्धउपनिवेस बन्न पुगेको तथ्यमा विश्वास गर्दछौं। अंग्रेजका विरुद्ध भारतीय जनताको स्वतन्त्रतापछि नेपालको जहाँनीया सामन्ती राणा शासनसँग गरिएको सन् १९५० को सन्धी हुँदै आजको नेपालको युगान्तकारी परिवर्तन जहाँ करिब २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यहाँसम्म आइपुग्दा हाम्रा दुई पक्षीय सम्बन्धमा के कति नयाँ परिभाषा मुल्य मान्यता र संस्कारको विकास गरियो हाम्रो विचारमा यो अत्यन्त महत्वपूर्ण प्रश्न छ।

सभामुख महोदय
म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि स्वभाविक रुपमा हिजोका परम्परा र मान्यताबाट केही फरक ढंगले चल्ने कोशिस गरें। ओलम्पिक खेलको समापन समारोहका सन्दर्भमा मेरो पहिलो चिन भ्रमण र त्यसको लगत्तै भएको भारत भ्रमणका सन्दर्भमा मैले पुरै जिम्मेदारी र गम्भीरताका साथ दुवै देशका नेताहरुसँग नेपालमा भएको युगान्तकारी परिवर्तनमा व्यक्त जन-आकांक्षाअनुसार हाम्रा सम्बन्धहरुलाई परिभाषित र विकसित गर्नुपर्ने आवश्यकतालाई अगाडि सारे। भारत-भ्रमणका सन्दर्भमा गरिएको दुवै प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा त्यो विचार र भावना व्यक्त भएको तथ्य हामी सबैले देखेकै छौं।

सभामुख महोदय
तर आज म बडो चिन्ता र गम्भीरताका साथ अनुभूत गरिरहेको छु कि दुई पक्षीय सम्बन्धलाई नयाँ परिवर्तनअनुसार परिभाषित र विकसित गर्ने ऐतिहासिक आवश्यकतामा हामी सफल भइरहेका छैनौ। बरु नेपाल र भारतका शासन सत्तामा हावी रहँदै आएको सानुभाई र ठुलो दाजुको परम्परागत सम्बन्ध तिरै फर्कने खतरा उत्पन्न भएको महशुस हुन्छ। जुन कुरा किमार्थ नेपाल र भारतका जनताको विकसित चेतना र २१ औं शताब्दिको पहिलो दशकमा दुई देशका बहुआयमिक आवश्यकतासँग मेल खाँदैन। अहिले नेपालको सेनापति प्रकरण राष्ट्रपतिको कदम र नयाँ सरकारको गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दै छौं वा पछि हट्दै छौं भन्ने प्रश्न गम्भीर रुपले उठेको देखिन्छ।संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीका हैसियतले दुई-पक्षीय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन खोज्ने मेरो प्रयत्न परम्परागत शक्ति शैली र मानसिकतासँग अन्तरविरोधी बन्न गएकोले आजको स्थिति उत्पन्न भइरहेको त होइन यो प्रश्न आफैँमा निकै गम्भीर छ। परिवर्तित परिस्थिति र जनताको नयाँ चेतनाअनुसार दुई-पक्षीय सम्बन्धलाई परिभाषित गर्ने र विकसित गर्ने कुरामा गम्भीर भएर मात्र हामीले यो समस्याको दीर्घकालीन समाधान गर्न सक्दछौं। राष्ट्रिय आन्त्मसमर्पणवाद वा संकीर्ण सामन्ती राष्ट्रवाद दुवैले देश र जनताको भलो गर्दैन।

सभामुख महोदय
नेपालको राष्ट्रियतालाई सुदृढ गर्ने कुरा वस्तुतः र अन्ततः आन्तरिक राष्ट्रियतलाई सुदृढ गर्ने कुरा नै हो। आन्तरिक राष्ट्रियता त्यतिबेलासम्म सुदृढ हुन सक्तैन जबसम्म जनता सबैखाले शोषण उत्पीडन भेदभाव र अपमानबाट मुक्त हुँदैनन्। आज हामी देशका सम्पूर्ण उत्पीडित वर्ग जाति क्षेत्र र लिङ्गका जनसमुदायलाई अधिकार सम्पन्न तुल्याउने उद्देश्यका साथ राज्यको अग्रगामी पुनस्रंरचना गर्ने प्रक्रियामा छौं। यस सन्दर्भमा आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई आत्मसात गरी जातिय र क्षेत्रीय स्वायतत्ता गणराज्यहरुका संघीय गणतन्त्र विकसित गर्ने प्रयत्न भारी ऐतिहासिक महत्वको छ। अधिकार सम्पन्न जनसमुदायले मात्र राष्ट्रियताको वास्तविक अर्थमा जगेर्ना गर्न सक्दछ। संघीयता र स्वयत्तताका लागि नेपाली जनताले जनयुद्ध र जनआन्दोलनमा धेरै रगत बगाइसकेका छन्। तर एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका पक्षधर प्रतिगामी र यथास्थितिवादी शक्तिहरु भने हमेशा मजदुर-किसान र उत्पीडित जाती क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न तुल्याउने र राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व गर्ने गराउने कुराको विरोधी रहँदै आएका छन्। यो ऐतिहासिक तथ्य पनि सर्वमान्य भइसकेको छ कि नेपालमा मजदुर-किसानदेखि उत्पीडित महिला दलित र मुस्लिमसम्म मधेशीदेखि सम्पूर्ण आदिवासी जनजातिसम्म तथा कर्णालीदेखि सेती-महाकालीसम्मका जनतामा नयाँ जागरण ल्याएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र तिर डोर् याउने काम मुख्यतः एकीकृत नेकपा माओवादी ले गरेको हो। जनताका यो नयाँ जागरण र चेतनाबाट भयभीत एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका देशी र विदेशी पृष्ठपोषकहरु यो महान् राष्ट्रिय जागरणलाई एकातिर अन्धजातिवादी साम्प्रदायिक र विखण्डनकारी स्वरुप प्रदान गर्ने तथा अर्कातिर ठाडै संघीयताको विरोध गरेर निष्तेज पार्ने षड्यन्त्रमा छन्। अहिले कटवाल प्रकरणका सन्दर्भमा जेजति असंवैधानिक अलोकतान्त्रिक र अनैतिक तरिक अप्नाएर जन-निर्वाचित र जनादेश प्राप्त प्रमुख राजनीतिक दल र नेतालाई पाखा लगाउने तथा जनताबाट नेतृत्वका लागि अस्वीकृत दल र नेतालाई बलजफती थोपर्ने कोशिस गरिँदै छ प्रतिक्रान्तिको योभन्दा नाङ्गो रुप अरु के हुन सक्दछ यसभित्र एकीकृत नेकपा माओवादी लाई होइन जनताको संघीय गणतान्त्रिक शासनलाई घेरा हालेर सखाप पार्ने नियोजित षड्यन्त्रले काम गरिरहेको यथार्थ स्पष्ट देख्न सकिन्छ। वर्गीय जातिय क्षेत्रीय र लैङ्गिक अधिकारका निमित्त आवाज उठाउने जनताको आवाजलाई निष्तेज पार्न सबभन्दा पहिला त्यसको नेतृत्व गर्ने विचार र शक्तिलाई निस्तेज पार्न आवश्यक हुन्छ। अहिले माओवादीका विरुद्ध भइरहेको घेराबन्दी त्यही उद्देश्यमा आधारित रहेको छ। तर प्रतिक्रान्तिकारीहरुका सबै घेराबन्दीहरुलाई तोडेर नेपाली जनता अगाडि बढ्ने छन् र एकीकृत नेकपा माओवादी निरन्तर जनताकै साथमा रहनेछ।

सभामुख महोदय
आजको युगको विशेषता र समाज विकासको स्थिति दुवैका कारण नेपालमा राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपतिको होइन बरु दलाल र नोकरशाही पुँजीपतिहरुको विकास भइरहेको छ। यसको परिणाम नेपालको परम्परागत प्रजातन्त्रवादी भनिने राजनीतिक दल र तिनका नेताहरुले राष्ट्रिय पुँजीपति वर्गका हितलाई होइन दलाल र नोकरशाही पुँजीको हितलाई प्रतिनिधित्व गर्दै आएका छन्। राजनीतिमा व्यक्त हुँदा यो कुरा त्यस प्रकारका दल र नेताहरुले स्वयं पुँजीपति वर्गका राजनीतिक नाराका विरुद्ध खडा भएर आफैँलाई प्रमाणित गर्दछन्। नेपालमा संविधानसभा गणतन्त्र हुँदै अहिले नागरिक सर्वोच्चताका विरुद्ध खडा भएर त्यही दलाल चरित्रकै प्रदर्शन गरिरहेका छन्। कैयौं कमी-कमजोरीका बाबजुद संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताको लडाइँको नेतृत्व एकीकृत नेकपा माओवादी ले गर्दै आएको छ। अहिले कटवाल प्रकरणमा त्यस प्रकारका दलहरु नागरिक सर्वोच्चताका विरुद्ध देखिनु अन्ततः राष्ट्रिय पुँजीका विरुद्ध दलाल पुँजीको पक्षमा देखिनु मात्र हो।

सभामुख महोदय
उपरोक्त केही सैद्धान्तिक र नीतिगत चर्चा गरिसकेपछि अब म तात्कालिन राजनीतिक घटनाक्रमको विकासबारे केही ठोस चर्चा गर्न चाहान्छु। सेना समायोजन र पुनस्र्थापनाको विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत खुल्ला अभिव्यक्ति दिँदै आएका तात्कालिन सेनापति रुकमाङ्गत कटवाल को हुन के हुन र कसरी हुर्काइएका पात्र हुन भन्ने कुरा स्पष्ट नै छ। राजतन्त्र धर्म निरपेक्षता लोकतन्त्र र संघीयताबारे उनले कस्तो सोच राख्छन् भन्ने कुरा पनि हामी कसैबाट छिपेको छैन। जनआन्दोलनमा उनको भूमिका रायमाझी आयोगको ठहर र राजाको हुकुम प्रमांगिद्वारा उनको उमेर घटाइएको बारेको मुद्दा सर्वोच्चतामा रहेको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ। विगतमा यी तमाम तथ्यहरुका बाबजुद मेरो नेतृत्वको सरकारले उनलाई रुपान्तरण गर्ने र परिवर्तनलाई आत्मसात गर्न लगाउने कुरामा नै जोड गर् यो। िसंगो नेपाली सेनाका आवश्यकतालाई परिपूर्ति गर्न िसंगो सैन्य पंक्तिसँग हार्दिक सम्बन्धको विकास गर्न पनि सरकारले कुनै कसर बाँकी राखेन। तर कटवाल भने सेनापतिभन्दा एउटा उग्र राजनीतिज्ञ र कुटनीतिज्ञको जस्तो व्यवहार प्रस्तुत गर्दै तथा एकपछि अर्को गरी सरकारका आदेशहरुको उल्लंघन गर्दै नागरिक सर्वोच्चतालाई चुनौति दिएर अगाडि बढ्न थाले। त्यो स्थितिमा जनताको परिवर्तनको आकांक्षाअनुसार नेपाली सेनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सुधार र सुदृढ गर्दै लानु पर्दछ भन्ने मान्यता राख्ने मेरो नेतृत्वको सरकारलाई उठाउने जनताको सर्वोच्चता र लोकतन्त्रको आधारभुत सिद्धान्तको रक्षाका लागि कुनै ठोस कदम चाल्नु अनिवार्य थियो। त्यस प्रकारको कदम चाल्न कमसेकम सरकारमा भएका राजनीतिक दलहरुको सहमती आवश्यक थियो।

सभामुख महोदय
म निकै पीडाका साथ यो सम्मानीत सदनलाई स्पष्ट गर्न चाहान्छु कि कटवाललाई सेनापतिबाट अवकाश दिने प्रयोजनका निमित्त भनेर नै सरकारमा रहेका पाँचवटै पार्टीहरुको पूरै सहमतिले स्पष्टीकरण प्रक्रिया सुरु गरिएको थियो। सद्भावनाका नेता राजेन्द्र महतोले मात्र यो निर्णय लिँदा दशपटक सोच्न आग्रह गर्नु भएको थियो। हुँदैन भन्ने विरोध कसैको थिएन। सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आमसहमतिले क्याविनेटबाट यो निर्णय भएपछि मैले संक्षिप्त मन्तव्य दिएको थिएँ। त्यसमा मैले भनेको थिए कि लोकतन्त्र र नागरिक सर्वोच्चताको सुदृढीकरण सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउने सन्दर्भमा यो निर्णय दुरगामी महत्वको रहेको तथा हाम्रो क्याविनेटको यो एकताबद्ध निर्णय ऐतिहासिक हुने कुरा राखेको थिएँ। त्यो दिन सबै माननीय मन्त्रीजीहरु मेरो हेराईअनुसार महत्वपूर्ण निर्णय लिन सकेकोमा हर्ष र गर्वको अनुभूति गरेर निष्कनु भएको थियो। स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोट कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरु १८० डिग्रीमा फेरिए। कारवाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडी छ। सभामुख महोदय १ यस परिघटनाले वडो निर्मम र मार्मिक रुपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरुको वैचारिक नैतिक र स्वनिर्णयको हैशियत कति कमजोर लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ। यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रुपले कमजोर स्थितिलाई उजागर गरेकेा छ। अहिले कतिपय वृत्तबाट माओवादीको एकलौटी निर्णय भनेर आलोचना भइरहँदा त्यसो भन्नेहरुको दृष्टी र नैतिक हैसियत देख्दा मलाई कहिले असीम पीडा र कहिले हाँसो उठ्ने गर्दछ। आत्मसमर्पण गर्ने विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्ने कुसर्ी त्याग्ने तर राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो यो पनि प्रश्न निकै गम्भीर छ।

सभामुख महोदय
यसरी संविधान र ऐनको व्यवस्थाअनुसार राजनीतिक सहमति जुटाएर विधिसम्मत तरिकाले कटवाललाई अवकाश दिएपछि घटनाक्रमले जेजसरी नाटकीय मोड लियो र अन्तमा सम्माननीय राष्ट्रपति महोदयले झण्डै आधारातमा जसरी जङ्गि अड्डामा कटवाललाई पदबहालीको पत्र पठाउनु भयो त्यसले अन्तरिम संविधानको मर्म र भावनालाई ठाडै मिच्ने निरङ्कुश हुकुमी शासनको झ-झल्को मात्र दिएन अपीतु िसंगो शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै धरापमा पार्ने काम गर् यो। जजसले सम्माननीय राष्ट्रपतिलाई यसको निम्ति उक्साए या निर्देशित गरे उनीहरुको उद्देश्य शान्ति र संविधान होइन देशलाई अर्को युद्धमा धकेलेर बरबाद पार्नु मात्र हो भन्ने कुरा बुझ्न धेरै मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन। यस सन्दर्भमा राष्ट्रपतिको असंवैधानिक कदमलाई उचित ठहर् याउन कतिपय वृत्तबाट ूमाओवादीले सत्ता कब्जा गर्दछौंू भन्ने मनगढन्ते कथालाई यहाँँ त्यसरी नै धुवाधार प्रचार गरियो जसरी इराकमा हमला गर्नु अघि आम संहारका हतियारको प्रचार विश्वभरि हुने गर्दथ्यो।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउन जुटिरहेको जनताको अपेक्षाअनुसार समयमै संविधान निर्माण गर्न प्रतिबद्ध मेरो नेतृत्वको सरकारले लिएको विधिसम्मत निर्णयलाई उल्टायाएर राष्ट्रपतिद्वारा द्वैध सत्ता र मुठभेडको स्थिति सृजना गरियो। त्यस प्रकारको मुठभेड रोकी शान्ति र संविधान निर्माणको प्रक्रियालाई ज्यूँदो राख्न राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्न तथा एकीकृत नेकपा माओवादी र यसका नेताहरु कुसर्ीका लोभी होइनन् बरु राष्ट्र र जनताका असली पहरेदार हुन भन्ने यथार्थलाई दह्रोसँग स्थापित गर्न नैतिकताका आधारमा मैले राजीनामा गरें। प्रधानमन्त्री हुँदाजस्तै राजीनामा दिँदा पनि नेपाली जनताले मलाई बधाई दिए हाम्रो पार्टी यसमा समुचित गर्व गर्दै आम जनसमुदायप्रति आभार प्रकट गर्दछ। कतिपयले मेरो राजीनामालाई अल्पमतमा परेपछिको स्वभाविक राजीनामाका रुपमा प्रचार गरिरहेका छन् जुन विल्कुल निराधार र झुट्टो हो। यथार्थमा त्यतिबेलाको त कुरै छोडौं अहिले पनि सरकार वैधानिक रुपले अल्पमतमा परेको छैन त्यसकारण राजीनामाको प्रश्नै उठ्दैन। स्पष्ट छ मेरो राजीनामा यथार्थमा शान्ति र संविधान निर्माणको प्रक्रिया बिथोलेर प्रतिक्रान्ति सम्पन्न गर्न चाहने प्रतिक्रान्तिकारीहरुका विरुद्ध अस्त्र हो। पछिल्लो घटनाक्रमले यो कुरालाई पुष्टि गरिसकेका छन्।

सभामुख महोदय
अहिले नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चता अन्तर्गत बहुमतको सरकार बनाउने जुन कसरत भइरहेको छ र बहुमत पुर् याउन हिजो राजतन्त्रकालकै किनबेच जुन फोहोरी खेलको पुनरावृत्ति गरिएको छ यसबाट नयाँ सरकार प्रतिगामी र आत्मसमर्पणवादी कठपुतली सरकार बन्ने त होइन भन्ने प्रश्न स्वाभिमानी नेपाली जनताको मनमा उब्जिसकेको छ। हाम्रो पार्टीले सरकार गठनको यो नौटंकीको भत्स्रना गर्दै राष्ट्रपतिको असंवैधानिक आदेश फिर्ता गरेर नागरिक सर्वोच्चता स्थापित नहुँदासम्म सदन र सडक दुवै क्षेत्रबाट शान्तिपूर्ण प्रतिवाद गरिरहनेछ। यसै प्रयोजनका लागि यस सम्मानित सदनमा एक संकल्प प्रस्ताव दर्ता गरिएको छ। विधि सम्मत तरिकाले त्यसमाथि बहस गरी यस सम्मानित सदनले नागरिक सर्वोच्चताका पक्षमा ऐतिहासिका फैशला दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

सभामुख महोदय

मैले आफ्नो राजीनामा पत्रमा भनेका निम्न यथार्थ र प्रतिबद्धता म यहाँ पुनः दोहोर् याउन चाहान्छु।
संविधानसभा निर्वाचनमा आम नेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत ने।क।पा। माओवादी ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट वहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सवभन्दा ठूलो दलको हैसियत प्राप्त गर् यो। यो हामीले चुनावका दौरानमा अघि सारेको ुनयाँ नेपालका निम्ति नयाँ विचार र नयाँ नेतृत्वु भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो। परन्तु निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार वनाउन दिइएन। अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्ने मार्ग प्रशस्त भयो। त्यसपछि सरकार संचालन गर्ने हाम्रो आपुनै कतिपय अनुभवजन्य कमीकमजोरीका कारणले पनि हामीले तपाईंहरुले चाहे जस्ता सवै कामहरु वेलैमा गर्न सकेनौं होला। हामी जानअनजानमा भएका आफ्ना कमीकमजोरीहरुलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं। जनतावाट सिक्ने र जनताका स्वस्थ आलोचनाहरुलाई गम्भीरतापूर्वक लिने हाम्रो घोषित वैचारिक प्रतिवद्धता नै हो। परन्तु हामीले सरकारमा रहेर देश र जनताका पक्षमा गर्न खोजेका थुप्रै राम्रा कामहरुलाई हुन नदिन कतिपयले सरकार बाहिरवाट र कतिपयले सरकारभित्रैबाट निरन्तर वाधा उत्पन्न गरिरहे। उदाहरणको निम्ति हामीले सरकार गठन भए लगत्तै प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक वजेटका जनमुखी कार्यक्रमहरुलाई अनेक वहाना वनाएर कार्यान्वयन हुन दिइएन। स्थानीय निकायहरुको गठन हुन नदिएर गाउँ गाउँमा पठाइएको अरवौंको वजेट खर्च हुन सकेन। सानातिना निहुँमा हप्तौंसम्म वन्द हड्ताल र सदन अवरुद्ध गर्ने काम भइरह्यो। फलस्वरुप कतिपय अत्यन्त जरुरी र सार्वजनिक तथा राष्ट्रिय महत्वका विधेयकहरु प्ारित हुन सकेनन् भने अरवौंको विकास वजेट खर्च हुन सकेन र जनताले तत्काल पाउनु पर्ने राहत समेत प्राप्त गर्न सकेनन्। फेरि पनि संक्रमणकालको विशिष्ठ अवस्था र संयुक्त सरकार संचालनको वाध्यता भनेर हामीले धैर्य गर्दै गर् यौं। तर यो जनअनुमोदन प्राप्त सरकारलाई विभिन्न ढंगले घेरावन्दी गर्ने अग्रगमनकारी एजेण्डा लागू हुन नदिने र असफल पार्ने प्रयत्न विभिन्न प्रतिगामी र यथास्थितिवादी कोणबाट भैरहयो। यो सरकारले चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर् याउने समयमै जनसंविधान निर्माण गर्ने जनतालाई आर्थिक-सामाजिक परिवर्तनको प्रत्याभूति गराउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई हमेशा उच्च प्राथमिकता िदंदै आएको छ। त्यसरी नै वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र संघीय शासन प्रणाली विधिको शासन मानव अधिकार प्रेस स्वतन्त्रता आदि मूल्यमान्यताहरुलाई दह्रोसंग आत्मसात गर्दै आइरहेको छ र ती प्रतिको प्रतिवद्धता हमेशा कायम राख्नेछ। देशको विशिष्ठ ऐतिहासिक संक्रमणकाल वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावना अनुरुप हामीले राष्ट्रिय सहमतिको राजनीतिलाई विशेष जोड िदंदै आएका छौं। सरकारभित्र र वाहिरका राजनीतिक दलहरुसंग सहमति कायम गर्ने प्रयत्न गर्दागर्दै कतिपय अवस्थामा हामीलाई सामान्य निर्णय गर्न पनि महिनौं लाग्ने गरेको छ। त्यसैले एउटै कुरामा कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णयविहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चूपचाप सहँदै आएका छौं। फेरि पनि शान्तिप्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता तथा स्वाधीनताप्रतिको हाम्रो विश्वास र प्रतिवद्धतामा कत्ति पनि कमी आएको छैन र जुनसुकै उत्तेजनाले पनि हामीलाई त्यसवाट विचलित गराउन नसक्ने अठोट म पुनः एकपटक दोहोर् याउन चाहन्छु।

सभामुख महोदय

शान्ति प्रक्रियालाई निस्कर्षमा पुर् याउन र संविधान-निर्माण प्रक्रियालाई समयमा पुरा गर्न १२ बुँदे समझदारीभन्दा अझ उच्च स्तरको राष्ट्रिय सहमति निर्माण गर्नू अनिवार्य छ। विद्यमान भ्रम अन्योल र आशंकाको स्थितिको अन्त्य गर्न र त्यस प्रकारको राष्ट्रिय सहमति निर्माण गर्न सबै जिम्मेवार राजनीतिक दल र नागरिक आन्दोलनका प्रतिनिधिहरु गम्भीर गृह कार्यमा जुट्न आवश्यक छ। जसरी पनि बहुमत पुर् याएर सरकार बनाउने खेलले नेपाल र नेपाली जनताको ऐतिहासिक कार्यभार पुरा हुने छैन। अतः बृहत राष्ट्रिय सहमति कायम गरी राष्ट्र र जनताको आवश्यकता र आकांक्षाअनुसार शान्ति र संविधान निर्माण प्रक्रियामा एकजुट हुन सबैसँग अपिल गर्दै करिब ९ महिना लामो एकीकृत नेकपा माओवादी को सरकारलाई सहयोग र समर्थन गर्ने देशभित्र र बाहिरका सबै मित्र र आम जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विदा हुन्छ।
धन्यवाद

गणतान्त्रिक मोर्चा,बेल्जियमले अन्तरक्रिया कार्यक्रम गर्ने

ब्रसेल्स,बेल्जियम २२ मइ
सामन्तवादी राज्यव्यवस्थाको कारण विभिन्न चपेटावाट विदेशिन वाध्य भएका हामी नेपालीहरुले विदेशमा रहेर पनि लामो समय देखि मुक्तिकामी नेपाली जनताले चलाएका आन्दोलन प्रति विभिन्न माध्यमबाट सहयोग,समर्थन र ऐक्यवद्धता जाहेर गर्दै आएको सन्दर्भमा अहिले नेपाल संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य घोषिित भै सकेको छ । देशको वर्तमान संक्रमणकालिन राजनैतिक अबस्थाका कारण यसको संस्थागत बिकास गर्न, नया“ नेपालको जनमुखी संबिधान निर्माण गर्न, वैदेशिक हस्तक्षेप रोक्न, सबै वर्ग,जाति,धर्म,भाषा,लिङग र क्षेत्र आदिलाइ संमृद्ध वनाइ स्वाभिमानका साथ नेपाल भित्रै बा“च्न पाउने स्थितिको निर्माण गर्ने जस्ता कार्य गर्न तथा मुलुकमा दिगो शान्ति कायम गर्न बाकी रहेकाले यी कार्य पुरा गर्न स्वदेश तथा विदेशबाट जनपक्षिय हित र नया“ नेपालको निर्माण गर्न अझ पनि सहयोग र समर्थनको तड्‍कारो आबश्यकता रहेको छ ।
बेल्जियममा पनि हामी देशभक्त प्रगतिशील,जनतान्त्रिक,वामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुका विचमा गोलवन्द गर्दै आन्दोलनरत रहि आएको नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,वेल्जियमले आफ्‍नो स्थापनाकाल देखि नै यी दायित्वहरुमा प्रभाबकारी ढंगले पुरा गर्दै आएको र निरन्तर गर्न प्रतिवद्धता जनाएको छ । यसै सन्दर्भमा आगामी १४ जुन २००९ आइतबारका दिन "नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवश्था,यसको विकास र चुनौति तथा हाम्रो भूमिका''भन्ने विषयको मुल मर्मलाइ पक्रदै नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,बेल्जियमले नेपालको अहिलेको राजनितीक स्थितिको बारे समसामयिक रुपमा छलफलका लागि युरोप तथा वेल्जियममा रहेका विभिन्न नेपाली तथा गैर नेपाली संघ संगठनहरुका साथै आम नेपालीहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सम्पन्न गर्ने गैरहेकोले यस कार्यक्रममा वेल्जियम तथा यूरोपमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु, प्रजातान्त्रिक,देशभक्त ,प्रगतिशील,जनतान्त्रिक,बामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुलाइ उपस्थित भैदिनु हुन अनुरोधका साथ हार्दिक आब्हान गरेको छं ।

Thursday, May 14, 2009

भैँसीपतीय छोटे कू (व्यंग्य तस्वीर)





नरहरि आचार्यलाई स्पष्टीकरण

३१ बैशाख, काठमाण्डौ ।
पार्टी नीतिबिपरित बिचार दिएको भन्दै नेपाली कांग्रेसले नेता नरहरी आचार्यलाई स्पष्टीकरण सोधेको छ ।
राष्ट्रपतिको कदम उचित नभएको भन्ने आशयसहित आचार्यले हालै कान्तिपुर दैनिकमा लेख प्रकाशित गरेपछि पार्टीले उहाँलाई स्पष्टीकरण सोधेको हो । राष्ट्रपतिको कदम संबिधानअनुसारनै भएको भन्दै कांग्रेसले भने सो कदमको स्वागत गरेको थियो ।
पार्टी कार्यालयले सोधको स्पष्टीकरणमा उनलाई कारवाही गर्नु नपर्ने कारणसहित तीन दिनभित्र जवाफ पठाउन भनिएको छ ।

के थियो नरहरीको लेखमा ?

राष्ट्रपतिको अधिकार र अबको बाटो
नरहरि आचार्य

संविधान सभाका समितिहरूभित्र भावी संविधानमा शासकीय स्वरूप वा शासनप्रणाली कस्तो बनाउने भन्ने विषयमाथि बहस चलिरहेको छ । यस बहसले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकारलाई व्यापक सन्दर्भमा निरूपण गर्नेछ । साथै राष्ट्रपति कार्यकारी प्रमुख हुने कि प्रधानमन्त्री भन्ने कुराको टुंगो लगाउँदै तिनका निर्वाचन प्रणालीबारे पनि सुनिश्चित गर्नेछ ।
तर यसै बखत अन्तरिम संविधान अन्तर्गतका वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिका बीच सेनाको नियन्त्रण र व्यवस्थापनसम्बन्धी अधिकारको प्रयोगबारे गम्भीर विवाद प्रारम्भ भएको छ । परिणामस्वरूप प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन् भने राष्ट्रपति यादवलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीका पक्षमा पार्टी र प्रबुद्ध नागरिक बाँडिएका छन् । एक-अर्को पक्षलाई असंवैधानिक भएको आक्षेप लगाउन अग्रसर छन् । यस विवादलाई स्वतन्त्र ढंगले हेर्न चाहने प्रधानमन्त्री र राष्ट्रपति दुवैले संविधानको अनुशरण नगरी आ-आफ्नै ढंगले राजनीतिक प्राथमिकतातर्फ लागेको देख्तै छन् । यसैबीच माओवादी सडकमा उत्रिएको छ र गाउँ-गाउँमा फेरि धम्कीको अधिनायकवादी गतिविधि सुरु गरेको छ । तर यता प्रधानमन्त्रीका विरुद्ध राष्ट्रपतिसमक्ष निवेदन हाल्ने पार्टी सरकार बनाउने धुनमा कोठे-मिटिङमा व्यस्त छन् । सभासद्को संख्या गणना कार्य फेरि प्रारम्भ भएको छ ।
नेपाली सेना रक्षा मन्त्रालय अन्तर्गतको निकाय भए पनि अन्तरिम संविधान २०६३ ले यसलाई संवैधानिक ढाँचाको विशेष सुरक्षा अंग बनाएको छ । साथै यसको नियन्त्रण, परिचालन र व्यवस्थापनको विषयमा संविधानको भाग २० द्वारा विशेष व्यवस्था गरिएको छ । तर सेनापति रुक्मांगद कटवालको निष्काशन र रथी कुलबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गर्दा मन्त्रिपरिषद्ले संविधानको धारा १४४ उपधारा २ र ३ को प्रावधानलाई पूरै उल्लंघन गर्‍यो । संविधानले प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्थामात्र गरेको छैन, सेनामाथिको नियन्त्रण तथा यसको परिचालन र व्यवस्थापनको जिम्मा पनि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नै गर्ने व्यवस्था छ ।
यस्तो स्पष्ट संवैधानिक प्रावधान रहँदा-रहँदै पनि यसको अनुशरण प्रधानमन्त्री कार्यालय वा मन्त्रिपरिषद्ले किन गर्न चाहेन ? यसले गर्दा तत्कालको सेनापति निष्काशनको प्रकरणमात्रै भन्दा पनि यसले निम्त्याउने माओवादीको अनियन्त्रित र असन्तुलित शासन शैलीको सम्भावनाप्रति धेरैले शंका उठाएका छन् । यस विवादभित्र त्यस प्रकारको आशय र आशंका प्रवेश भएको छ । निश्चय नै मन्त्रिपरिषद्को सिफारिसलाई अस्वीकार गर्ने अधिकार संविधान (२०६३) ले राष्ट्रपतिलाई दिएको छैन तर सिफारिसमा संविधानको पालना वा अनुशरण गरिएको छैन भन्ने राष्ट्रपतिलाई लागेमा संविधानले नै संविधानको संरक्षण गर्ने जिम्मेवारी पनि राष्ट्रपतिलाई दिएको छ । संरक्षणको भूमिका एक्लै निर्वाह गर्ने सजिलो प्रावधान भने संविधानले राष्ट्रपतिलाई पनि उपलब्ध गराएको छैन ।
राष्ट्रपतिले संविधानको संरक्षण गर्ने जिम्मेवारी पूरा गर्दा प्रधानमन्त्रीलाई सचेत गर्ने वा आफूसमक्ष सिफारिस गर्ने अन्य निकायलाई प्रधानमन्त्रीमार्फत ध्यानाकर्षण गराउन सक्ने सम्मको व्यवस्थामात्र संविधानले कल्पना गरेको छ । शासनका अन्य निकायलाई राष्ट्रपतिमार्फत सोझै आदेश वा निर्देशन जाने संविधान २०६३ मा कुनै प्रावधान छैन । तसर्थ प्रधानमन्त्री र मन्त्रिपरिषद् वा तोकिएको अन्य कुनै संवैधानिक निकायसँग राष्ट्रपतिको संवाद र सम्बन्ध रहने भए पनि राष्ट्रपतिको सार्वजनिक प्रस्तुति र क्रियाशीलता प्रधानमन्त्रीमार्फत मात्र हुनसक्ने संविधानले व्यवस्था गरेको हो । यही व्यवस्थाले वर्तमान राष्ट्रपतिलाई संवैधानिक बनाएको छ ।
कुनै प्रकारको भूमिका नरहेका केवल औपचारिक समारोहमा प्रस्तुत हुने राष्ट्रपतिलाई आलंकारिक राष्ट्रपति भन्ने गरिन्छ । नेपालका वर्तमान राष्ट्रपतिलाई आलंकारिक हुन् कि संवैधानिक, यो प्रशस्त राजनीतिक विवादको विषय बन्ला । तर संवैधानिक भनेको पनि संविधानले तोकेको भन्दा बढी अधिकार प्रयोग गर्न नमिल्ने व्यवस्था नै हो ।
सेनापति विवादमा मन्त्रिपरिषद्ले संविधानको उल्लंघन गर्दा-गर्दै राष्ट्रपति किन आलोचनाको पात्र बने ? कतिले यसलाई राजनीतिक पूर्वाग्रह ठानेका छन् । यथार्थमा ठ्याक्कै त्यस्तो अवस्था होइन । राष्ट्रपतिलाई संविधानले अभिभावकको गरिमापूर्ण भूमिका दिएको छ तर आफैं अघि सरेर कार्य गर्ने भूमिका दिएको छैन । त्यसैले राष्ट्रपतिबाट त्रुटि नरहोस् भन्ने अपेक्षा सबैको हुन्छ । यसपटक राष्ट्रपति कार्यालयबाट पनि संविधानको अनुशरण सही ढंगले भएन । सेनापति कटवालले मन्त्रिपरिषद्को निर्णयअनुसार पदबाट बर्खास्त गरिएको आफूलाई प्राप्त भएको पत्र संविधानको धारा १४४ को उपधारा ३ को प्रावधानबमोजिम राष्ट्रपतिको कार्यालयबाट नआएकाले उक्त पत्र राष्ट्रपतिसमक्ष पठाउनु अनुचित भन्न मिल्दैन । तर त्यस पत्रबाट प्राप्त जानकारी तथा विगतमा प्रधानमन्त्रीसँग भए-गरेका परामर्शलाई समेत स्मरण गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै पत्र लेख्ने र सेनापति कटवाललाई उक्त पत्रको बोधार्थसम्म पठाउन सकिने अवस्था देखिन्छ । तर राष्ट्रपतिले सोझै सेनापतिलाई चिठी लेख्नु र आदेश दिनु संवैधानिक प्रावधानअनुरूप छैन । यसमा राष्ट्रपतिका कानुनी सल्लाहकारबाट गम्भीर संवैधानिक त्रुटि भएको देखिन्छ । माओवादीका क्रियाकलाप अविश्वसनीय र आशंकायुक्त छन् भन्दैमा राष्ट्रपतिलाई गलत बाटो देखाउन मिल्दैन । सायद राष्ट्रपतिका तर्फबाट परिस्थितिलाई अवलोकन र समीक्षा गर्नेले राष्ट्रपतिको सीमित कार्यकारी भूमिकासमेत देखेको हुनसक्छ, जुन संविधानमा छैन ।
प्रधानमन्त्रीका तर्फबाट कानुनी सल्लाह दिनेले पनि संविधानसभाको निर्वाचनपूर्व राष्ट्राध्यक्षको भूमिका समेत प्रधानमन्त्रीले निर्वाह गर्दाको कानुनलाई हेरेर प्रधानमन्त्रीको निणर्ायक र एकल भूमिका देखेको हुनसक्छ, जुन कुरा अन्य केही विषयका अतिरिक्त सेनाका हकमा संविधानमा राष्ट्रपतिको व्यवस्था भएपछि परिवर्तन भइसकेको छ । वास्तवमा विद्यमान संवैधानिक प्रावधानले स्पष्ट रूपमा सेनाको नियन्त्रण, व्यवस्थापन र परिचालन सम्बन्धी विषयमा राष्ट्रपतिको स्वतन्त्र नभएर पूरक तर ऐच्छिक नभएर अनिवार्य भूमिका स्थापित गरेको छ । यस संवैधानिक सत्यलाई मन्त्रिपरिषद्ले कुनै हालतमा भुल्न मिल्दैन । यो संवैधानिक प्रावधानलाई सेनापति प्रकरणमा मन्त्रिपरिषद्ले उपेक्षामात्रै होइन, अवज्ञा गरेको छ ।
यसबाहेक अन्तरिम संविधान २०६३ ले नेपाल सरकारको कार्य सञ्चालनका बारेमा ‘राजनीतिक सहमति र सहकार्यको संस्कृतिअनुरूप गरिनेछ’ भनेको छ । साथै, मन्त्रीहरूको चयन प्रधानमन्त्री आफैंले नगरी सम्बन्धित राजनीतिक दलको सिफारिसमा गर्ने पनि संविधानमै उल्लेख छ । तर सेनापति प्रकरणमा सरकारमै बसेका दल मन्त्रिपरिषद्को निर्णयबारे एकमत हुन सकेनन् । सरकारमै बसेका दलले यस विवादलाई तत्काल सच्याउन राष्ट्रपतिसमक्ष लिखित आग्रह गरे । त्यसैले यो समस्या प्रधानमन्त्री र राष्ट्रपतिका बीचको विवादमात्रै देखिँदैन । सरकारमै बसेका दलका आ-आफ्नै अनुकूलतामा संविधानलाई व्याख्या गर्ने प्रवृत्तिले पनि यस प्रसंगलाई बढी गम्भीर र जटिल बनाएको हो । वास्तवमा अन्तरिम संविधानले संविधान २०४७ अनुरूप प्रधानमन्त्रीको भूमिकालाई यथावत् राखेको छैन । राजनीतिक सहमति र मन्त्रिपरिषद्को भूमिकाका कारण प्रधानमन्त्री धेरै बाँधिएका छन् ।
अझ गहिरिएर हेर्ने हो भने यो समस्या वर्तमान समयमा उत्पन्न भएको राजनीतिक खिचातानी र द्वन्द्वमात्रै होइन, भावी संविधानमा कस्तो शासन प्रणालीमा जाने भन्नेबारे अहिले नै घोत्लिन बाध्य पार्ने दह्रो संकेत पनि हो । संसद्भित्रबाट कार्यपालिका बनाउने प्रक्रिया नेपालका सन्दर्भमा कुनै पनि दृष्टिले उपयोगी हुने छैन । यस तथ्यलाई यतिखेर उपस्थित विवाद र सरकारमाथि आइपरेको संकटले झन् बढी प्रस्ट पारेको छ । संविधानसभापछि चार महिना लगाएर मुस्किलले बनेको सरकार नौ महिना नपुग्दै ढलेको छ, नयाँ सरकार बनाउन कति समय लाग्ने हो ? अन्योलपूर्ण छ । हिजोकै ढाँचामा बन्यो भने बनेपछि त्यो कति टिक्ने हो, झन् बढी अनिश्चित छ । संविधानसभाको मुख्य काम संविधान बनाउने हो । तर यसले सँगसँगै निर्वाह गर्नुपर्ने संसदीय भूमिका भने विगतदेखि अवरोध र घेराउका कारणले बारम्बार अस्तव्यस्त बनेको छ । जुन जिम्मेवारीका निम्ति संविधानसभाको निर्वाचन भएको हो, त्यसबारे अर्थात् संविधान लेखनले राम्रो गति लिन नसक्तै यस प्रकारका अवरोध आउनुले कार्यशैलीमात्रै होइन, भोलिका निम्ति शासकीय स्वरूपमाथि पनि गम्भीर ढंगले सोच्नैपर्ने बाध्यता उत्पन्न भएको छ ।
यतिखेर उत्पन्न जटिलताका लागि पार्टीले आफ्ना अडानमात्र प्रदर्शन गर्ने समय यो होइन । उपयुक्त उपायको खोजी अत्यन्त जरुरी भइसकेको छ । नागरिक सर्वोच्चता सबैको चासोको विषय हो । तर आफूभन्दा भिन्न मतका नागरिकलाई दुःख दिएर नागरिक सर्वोच्चता स्थापित हुँदैन भन्ने तथ्यलाई बुझ्न जरुरी छ । तसर्थ तत्कालका लागि संविधानबमोजिम पूर्णता नपाएको प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको पत्र रक्षामन्त्रालयले फिर्ता लिने, प्रधानसेनापति रुक्मांगद कटवाल बिदामा बस्ने र कायममुकायम प्रधानसेनापतिका रूपमा रथी कुलबहादुर खड्काले आफ्नो बाँकी कार्यकालभर काम गर्ने परिस्थिति सिर्जना गर्नु नै सबै दृष्टिले सुरक्षित बाटो हुनेछ । यस प्रक्रियाले सेनामा आउन खोजेको मनोवैज्ञानिक लगायतका द्वन्द्वलाई साम्य पार्नेछ र राजनीतिज्ञका लागि विद्यमान जटिलतालाई फुकाउने उपाय दिनेछ । अब समयमै संविधान निर्माणका लागि बहुमतको होइन, राजनीतिक सहमतिसहित राष्ट्रिय सरकारको निर्माणबाहेक अरू विकल्प देखिँदैन ।

सरकार नबन्दै माधव नेपाल समस्यामा


ध्रुवराज भट्टराई

सरकारको नेतृत्व गर्न तम्सिएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल अहिलेनै समस्या परेका छन्‍f । उनलाई बिभिन्न जातीय, क्षेत्रीय, संगठनहरु र अन्यले पनि चेतावनी दिन थालेका छन्‍f भने केही दलहरुले गम्भीर चासो व्यक्त गर्न थालेका छन्‍ । सरकार गठनको साँचो लिएर बसेका मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको मागलाई लिएर बार्गेनिङ् गरिरहेका छन्‍f । उनीहरुको समर्थन नपाए नेपालले सरकार गठन नै गर्न सक्ने छैनन्‍f ।
उता थारु कल्याणकारिणी सभाले अहिले मधेशवादी दलहरुले एक मधेश एक प्रदेशलाई सरकार गठन गर्नका लागि मागको बिषयमा बनाएकोमा गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस बिज्ञप्ति जारी गरी थारु कल्याणकारिणी सभाका अध्यक्ष राजकुमार लेखीले यस्तो सम्झौता भए आफूहरुलाई मान्ने नहुने चेतावनी दिनुभएको छ । नेपाल मधेशवादी दलहरु र अन्य साना दलहरुसँग पनि छलफलमा जुट्‍नु भएको छ । उनीहरुले पनि एक मधेश एक प्रदेशको माग पुरा भए देश गम्भीर हुने चेतावनी दिएका छन्‍f । बुधबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले सो बिषयमा गम्भीर ध्यान आकर्षण गराउनुभएको छ ।
नेपालले सरकार गठन नगर्दै अन्य समूहहरुको खप्की खानु, माओवादी आन्दोलनमै हुनु, मधेशवादी दलहरुको अनेक खालको बार्गेनिङ् हुनुले नया सरकार सामू असीमित चुनौतीहरु देखिएका छन्‍f । उता मधेशवादी दलहरुले नेपाली सेनामा मधेशी युवाहरुलाई समूहगत प्रवेश गराउनुपर्ने माग राखेका छन्‍f । सो बिषयमा यसअघिनै सहमति भइसकेको थियो । तर नेपाली सेनाको वर्तमान नेतृत्व त्यसको बिपक्षमा रहेको छ । यसबाट एमालेको नेतृत्वमा सरकार बन्दै नबन्ने र बनेपनि अस्थिर हुने पक्कापक्की जस्तै देखिएको छ ।
माओवादीले भने एमाले नेतृत्वको सरकार केही समयका लागि मात्रै भएको टिप्पणी गर्न थालिसकेका छन्‍f ।

फोरम बैठक निष्कर्षहीन, नेपाललाई समर्थन गर्न दिल्लीको दवाब

फोरमको संसदीय दलको बुधबारको बैठक बिना निष्कर्ष टुगिएको छ । पार्टीभित्र दुई धार खडा भएपछि बैठक स्थगित भएको हो । एमालेको नेतृत्वको सरकारमा जान नहुने धारको नेतृत्व पार्टी अध्यक्ष यादव र सहअध्यक्ष जयप्रकासप्रसाद गुप्ताले गरेको छन्‍ भने जनुपर्ने धारको नेतृत्व संसदीय दलका नेता विजय कुमार गच्छदारले गरेका छन्‍ । सत्ताको साँचो बोकेर बसेको फोरमको बैठकले कसलाई सर्मथन गर्ने भन्ने निर्णय गर्न नसक्दा सरकार सँगै संविधान निमार्ण प्रक्रिया झन अन्योलमा परेको छ । नेकपा एमाले-नेपाली कांग्रेस द्वारा अघि सारिएका भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित एमाले नेता माधव कुमार नेपाललाई सर्मथन गर्ने फोरमलाई दिल्लीबाट दवाब आएको फोरम नेता जयप्रकाश प्रसाद गुप्ताले बताएका छन्‍ । यो कुरा उनले फोरम संसदीय दलका बुधबारको बैठकमा बताएका हुन । नेपालमा बढदै गएको राजनैतिक अन्योलतासँगै छिमेकी देशहरुको कुटनैतिक चहलपहल बढ्‍न थालेको छ ।

Monday, May 11, 2009

राष्ट्रपतिको विरोध एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरु सोमबार राष्ट्रपतिको कदमको विरोधमा काठमाडौँमा प्रदर्शन गर्दं। तस्बिरः दिपेश श्रेष्ठ

Sunday, May 10, 2009

अनमिन प्रमुख र डा. भट्टराईबीच भेटवार्ता

नेपालका लागि संयुक्त राष्ट्रसंघीय नियोग अनमिन प्रमुख करिन लेनग्रेन र अर्थमन्त्री तथा नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
अनमिन प्रमुख र डा. भट्टराईबीच भेटवार्ता
नेपालका लागि संयुक्त राष्ट्रसंघीय नियोग अनमिन प्रमुख करिन लेनग्रेन र अर्थमन्त्री तथा नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनैतिक घटनाक्रम, शान्ति प्रक्रिया तथा प्रचण्डको भिडियो टेप प्रकरणका सम्बन्धमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
ग्रेनले नेपालको शान्ति प्रक्रियाका सम्बन्धमा जिज्ञासा राखेको र उहाँले आफूहरु शान्ति प्रक्रियाबाट कहिल्यैपनि बिचलित नहुने स्पष्ट पारेको बुझिएको छ । भिडियो टेप पुरानो भएको र अहिले त्यसको कुनैपनि सान्दर्भिकता नभएको स्पष्ट पार्नुभयो ।
कार्यालयमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनैतिक घटनाक्रम, शान्ति प्रक्रिया तथा प्रचण्डको भिडियो टेप प्रकरणका सम्बन्धमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

ग्रेनले नेपालको शान्ति प्रक्रियाका सम्बन्धमा जिज्ञासा राखेको र उहाँले आफूहरु शान्ति प्रक्रियाबाट कहिल्यैपनि बिचलित नहुने स्पष्ट पारेको बुझिएको छ । भिडियो टेप पुरानो भएको र अहिले त्यसको कुनैपनि सान्दर्भिकता नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका लागि नेपाल प्रस्ताबित

नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेको छ ।
शनिबार दिनभर पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय समितिको बैठकले सरकारको नेतृत्व एमालेले गर्ने पार्टीको तफबाट नेपालले नेतृत्व लिने निर्णय गरेको हो ।
साथै एमालेले नेपाललाई प्रधानमन्त्रीका लागि समर्थन गर्न माओवादी, कांग्रेस, फोरम, तमलोपा लगायतका दलहरुलाई आह्रवान समेत गरेको छ ।
सरकारको नेतृत्व गरिहेका माओवादी अध्यक्ष प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ सरकारको नेतृत्वका लागि कांग्रेस लगायतका दलहरुले एमालेलाई प्रस्ताव गरेका थिए ।
सो बिषयमा झलनाथले पनि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपनि पार्टीका अधिकांश सदस्यहरुले नेतृत्व आफैले सरकारको नेतृत्व गर्नुभन्दा अन्य नेतालाई दिनुपर्ने बताएको स्रोतले जानकारी दिएको छ । कांग्रेस लगायतका केही दलहरुले भने एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा सहमति जनाइसकेका छन्‍l ।

राष्ट्रपति यति हुकुमी ढंगले आउलान् भन्ने सोचेकै थिइनँ - प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्रीबाट कामचलाउ प्रधानमन्त्री भएपछि कसरी बितेका छन् दिन ?

फुर्सद हुने होइन क्यारे । राजनीतिक छलफलमा छु । पार्टीमा पनि मिटिङ छ । कांग्रेस, एमाले र फोरमसँग पनि कुरा भइराख्या छ, राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनेबारे । अरू दलसँग पनि संवाद चलिराखेको छ ।

राजीनामापत्र बुझ्दै गर्दा राष्ट्रपतिले के भन्नुभयो ?

मैले 'विषयहरू बडो नमिठोसँग गयो' भन्दा 'भैगो, जे भयो-भयो, पुराना कुरा बिर्सिदिऊँ' भन्ने कुरा गर्नुभयो । इमानदार हुनु एउटा कुरा रहेछ तर अप्ठेरो पर्दा उभिनु अर्को कुरो हुँदोरहेछ । हेर्दा सोझो देखिने तर अप्ठेरो पर्दा नअडिने भएपछि के काम ? त्यसैले राष्ट्रपतिले आफ्नो गल्ती सच्याएर अगाडि आउनुहुन्छ भन्ने आशा गरेको छु ।

अस्ति पत्रकार सम्मेलनमा फेरि पनि माओवादीकै नेतृत्वमा सरकार बन्छ भन्नुभयो । सरकार गठनका लागि नयाँ गठबन्धनको तयारीमा हुनुहुन्छ, हो ?

सरकार बनाउने अहिलेको हाम्रो प्राथमिकता होइन । मैले अल्पमतमा परेर राजीनामा दिएको पनि होइन । राष्ट्रपतिको असंवैधानिक कदमले द्वैधसत्ताको स्थिति बनेपछि मैले नैतिक र राजनीतिक दृष्टिकोणले हस्तक्षेप गर्न राजीनामा दिएँ । अहिले पनि संविधानसभाको सबैभन्दा ठूलो पार्टी त माओवादी नै हो । हाम्रो नेतृत्वमा सरकार नबन्नुपर्ने कारण के छ ? तर, राष्ट्रपतिको 'स्टेप' नसच्चिएसम्म सरकार गठन हाम्रो र देशको पनि प्राथमिकता होइन ।

कसरी सच्चिन्छ राष्ट्रपतिको स्टेप ?

उनको आदेश फिर्ता हुनुपर्छ र क्याबिनेटको निर्णय लागू हुनुपर्छ ।
यो त तपाईंको कुरा भयो । अरू दल के भन्छन् ?

अहिलेसम्मका छलफलमा अरू दल पनि क्रमशः त्यही बिन्दुमा आउँदै छन् । एमालेको संसदीय दलमा असंवैधानिक भन्नेको बहुमत छ, पार्टीले पनि विवेकपूर्ण ढंगले सोच्ने हो भने आखिर यहीँ आउनैपर्ने हुन्छ । फोरमले सार्वजनिक रूपमा असंवैधानिक भनेकै छ । यसरी हेर्दा संसद्भित्र नागरिक सर्वोच्चता स्थापित गर्ने पक्षमा, राष्ट्रपतिको निर्देशनका विपक्षमा अत्यधिक बहुमत छ । तर, कांग्रेसको चाहिँ बडो लाजमर्दो छ । (कांग्रेस) हिजोसम्म बडो चर्को विरोध गथ्र्यो राष्ट्रपतीय प्रणालीको । आज उही राष्ट्रपतिलाई नयाँ राजाका रूपमा निर्माण गर्दै हिँडेको छ ।

यो विषय अदालतमा विचाराधीन छ । त्यसैले अदालतबाटै यसको निकास निस्कन्छ भन्ने लाग्दैन तपाईंलाई ?

कानुनी तर्क होला तर राष्ट्रपतिको त राजनीतिक 'स्टेप' हो । त्यसैले यसबारे राजनीतिक रूपमै निर्णय हुनुपर्छ । त्यो दिन मध्यरातमा राष्ट्रपतिले संविधानमाथि, लोकतन्त्रको परम्परामाथि अत्यन्तै ठूलो हस्तक्षेप गरे । मैले अदालतलाई अपमानित गर्न चाहेको छैन, तर यो मुद्दा राजनीतिक हो । यो नियतसँग जोडिएको मुद्दा हो ।

राष्ट्रपतिको स्टेपको अनुमान थियो ?

(राष्ट्रपतिलाई) अघि सर्न उक्साइँदै छ भन्नेसम्म थियो । कटवाललाई स्पष्टीकरण माग्दादेखि नै कांग्रेसको प्रतिक्रिया हेर्दा, देशी-विदेशी प्रतिक्रियावादीको प्रतिक्रिया हेर्दा त्यसो लाग्थ्यो । तर, यति हुकुमी र असंवैधानिक ढंगले आउलान् भन्ने (लागेको) थिएन ।
राजीनामा नै दिने मनस्थितिमा कतिखेर पुग्नुभयो ?

सोमबार बिहान उज्यालो हुँदानहुँदै । आइतबार मध्यरातमा उनले (राष्ट्रपतिले) गरेको निर्णय केवल मेराविरुद्ध लक्षित थिएन, संविधानमाथि, अझ लोकतन्त्रमाथि नै आक्रमण थियो । त्यसैले मैले नैतिक र राजनीतिक आधारमा राजीनामा नै दिने निर्णय गरेँ । यो निर्णय गर्न मलाई अलिकति पनि समय लागेन । (पार्टी) सेक्रेटरियटका कमरेडहरूसँग पनि यही प्रस्ताव गरेँ । यो एउटा सामान्य राजीनामा थिएन । यसलाई यसरी बुझ्नुहोला । जनताको लोकतन्त्रको आकांक्षा, अन्तरिम संविधानको भावना र राष्ट्रिय स्वाभिमानसमेतको ख्याल गर्दा मैले सोचेँ, यसको प्रतिरोध हुनुपर्छ । मेरो राजीनामा राष्ट्रको, लोकतन्त्रको, विधिको, संविधानको पक्षमा एउटा प्रतिरोध हो । सत्तामा जान मरिहत्ते गर्ने, जसको पाउ पनि पर्ने, राष्ट्रको स्वाभिमानको ख्याल नगर्ने, पुगेपछि झर्नै नमान्ने, जसरी पनि टाँसिने प्रवृत्ति हाम्रो होइन । मैले एउटा उदाहरण पेस गरेँ । मैले केही गरेँ भन्ने गौरवबोध मलाई छ ।

तपाईंहरू राष्ट्रपतिले निर्णय सच्याउनैपर्ने भनिरहनुभएको छ, राष्ट्रपतिको कदमका पक्षधरहरू यसलाई संवैधानिक भनिरहेका छन् । द्वन्द्व यही रूपमा अघि बढ्ने हो भने मुलुकको राजनीति या राष्ट्रपतिको संकटकालीन शासन वा उनको राजीनामासम्म पुग्ने त होइन ?

मैले त्यस्तो 'एक्सटि्रम' सोचेको छैन । प्रतिगामी कोणबाट, विदेशी हस्तक्षेपको कोणबाट पनि यो संकेतचाहिँ छ । तर, मेरो र हाम्रो पार्टीको कोसिस शान्ति-प्रक्रियाको तार्किक निष्कर्ष र नयाँ संविधान निर्माण हो । यो देशमा फेरि संकटकाल लगाउने र राष्ट्रपति शासन लागू गर्ने भन्नु भयानक जनविद्रोहलाई निमन्त्रणा दिनु हो । न मुलुकको राजनीतिक सन्तुलनले त्यो अनुमति दिन्छ न संविधानले । एउटा गल्तीको ढाकछोप गर्न कसैबाट यस्तो मूर्खतापूर्ण अपराध होला भन्ने मलाई लाग्दैन । त्यसो भइहालेछ भने त्यस्तो निर्णय गर्नेहरू नै पछुताउने स्थिति आउँछ ।

राजीनामा दिँदै गर्दा तपाईंले 'कुनै विदेशी प्रभुहरूका अघि शिर झुकाउन तयार छैन भन्नुभयो । को हुन् ती प्रभु ?’

म अझै पनि प्रधानमन्त्री नै छु । त्यसैले तपाइंले मेरै मुखबाट भन्न लगाउनु उचित हुन्न । तर, आमजनताले कुरो बुझिसकेका छन् । मैले पहिल्यै भनेँ- मेरो राजीनामा राष्ट्रिय आत्मसमर्पणवादविरुद्धको प्रतिरोध हो ।

तपाईं एकातिर राष्ट्रपतिको 'स्टेप’ सच्चिनुपर्ने सर्त राख्दै हुनुहुन्छ, अर्कातिर कांग्रेस, एमाले र फोरमसँग नयाँ सरकार गठनका लागि पहल पनि गर्दै हुनुहुन्छ । यो विरोधाभास किन ?

यो विरोधाभास होइन, तपाईंको नजरदोष हो । हामीले अरू दलहरूसँग संवाद गरिरहेको सरकार बनाउनका लागि होइन, राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनका लागि हो । यो मैले सुरुमै पनि भनिसकेको छु । कांग्रेस र एमालेको नेतृत्व सरकार बनाउनतिर अभ्यास त गर्दै छन् तर उनीहरूको बहुमत पुग्छ जस्तो लाग्दैन । एमालेभित्रका देशभक्त, शान्ति-प्रक्रियाका पक्षधर र अग्रगामीहरू राष्ट्रपतिको स्टेपका पक्षमा छैनन् । एमालेभित्रका वामपन्थी र देशभक्तबीच अझ दरिलो एकता बन्नुपर्छ र विगतका समीक्षा पनि हुनुपर्छ । स-साना कुराले पैदा भएको एमाले र माओवादीबीचको अविश्वास मेटिन्छ, मेटिनुपर्छ । वामपन्थीहरूलाई फुटाएर प्रतिगामीको सेवा गर्न खोज्नेहरू हार्नेछन्, हार्नुपर्छ ।

एकातिर राजीनामा दिनुहुन्छ, अर्कातिर नयाँ सरकार बन्न नदिन व्यवस्थापिका अवरुद्ध गरिरहनुभएको छ । यसले तपाईंको राजीनामाबाट प्राप्त नैतिक बल कमजोर बनाउँदैन ?

नयाँ सरकार बन्न नदिन यसो भएको होइन । हाम्रा लागि त्यो मुख्य कुरा पनि होइन । तर, राष्ट्रपतिको अवैधानिक कदम फिर्ता लिन दबाब दिने थलो कुन त ? तर, यसको अर्थ सधैँ यस्तै गर्ने भन्ने होइन । यसबारेमा छलफल भइरहेको छ, पार्टीभित्र र अरूसँग पनि । केही न केही निकास त पक्कै आउला । अनि तपाईंको टेप-प्रकरण ? यसले तपाईंहरू यो वा त्यो रूपमा सत्ताकब्जातिरै अघि बढेको निष्कर्षलाई नै बल पुग्यो, होइन ?

त्यो बेग्लै सन्दर्भको टेप हो । सत्ताकब्जा गर्न खोजेको पार्टीले हाँसीहाँसी राजीनामा दिन्छ ? यो विषयमा जे भन्नु छ, मैले पहिल्यै भनिसकेको छु । अब यसलाई नदोहोर्‍याऊँ ।

Friday, May 8, 2009

कोइरालाद्वारा प्रचन्डसँग एमालेलाई सहयोग गर्न आग्रह

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच बीहिबार भएको भेटमा कोइरालाले नयाँ सरकार गठनका लागि एमालेलाई सहयोग गर्न आग्रह गरिएको बुभिएको छ ।
एमालेको नेतृत्व मा राष्ट्रिय सहमतिको सरकार बनाउनेमा कांग्रेसले सहयोग गर्ने निर्णय गरिसकेको छ । तपाईहरुले पनि यसमा सहयोग गर्नुभए राम्रो, कोइरालाले प्रचण्डलाई भनेको स्रोतले जानकारी
दिएको छ ।
कोइरालाले राष्ट्रिय सरकारको जिम्मेवारी संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुरयाउने रहेको बताउँदै सहमतिको आधारमा अघि बढ्‍न प्रचण्डलाई आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले भने नागरिक सर्वोच्चतालाई चुनौती दिने काम सेनाबाट बारम्बार भइरहेको स्मरण गराउदै त्यसतर्फ सचेत र गम्भीर हुन आग्रह गरेका थिए । कोइरालाले भने सेनाले टेरेन भन्दैमा शान्ति प्रक्रियालाई अवरुद्व पार्ने काम गर्न नहुने तर्क दिएका थिए । साथै कोइरालाले प्रचण्डलाई माओवादीलाई लोकतान्त्रिक पार्टीमा बदल्न आग्रह गरेका थिए । उनको भनाई थियो ।
पहिला वोलीमा एउटा व्यवहारमा अर्को गर्ने शैली अन्त्य गर्न अनुरोध गरेको कोइराला निकट स्रोतले सोलिडारिटीलाई बतायो ।

जुटेन दलहरुबीच सहमति

०८ मे, २००९काठमाडौं-
राष्ट्रपति डा. रामवरण यादवले तोकेको मितिमा सहमतिको सरकार बनाउने बिषयमा राजनीतक दलहरुबीच अझै सहमति जुट्न सकेको छैन् ।
चार दिन भित्र सरकार गठन गरिसक्नु पर्ने राष्ट्रपतिले दिएको मिति सकिनै लाग्दा पनि दलहरु आ-आफ्नै अडानमा कायम रहेका छन् । राष्ट्रपतिले नागरिक सर्वोच्चतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिएपछि नयाँ समिकरण बारे दलहरुबीच छलफल भए पनि सहमति बन्न सकेको छैन ।

माओवादी राष्ट्रपतिले प्रधानसेनापति कट्वाललाई पदमै कायम रहन दिएको निर्देशन नसच्चिएसम्म संसद अबरुद्ध गरिरहने अडानमा छ भने नेपाली कांग्रेस एमालेको नेतृत्वमा सरकार बन्नु पर्ने निष्कर्ष पुगेको छ । उता संविधानसभाको चौथौ ठूलो दल फोरमले पनि सरकारको नेतृत्व आफैँले गर्न पाउनु पर्ने माग गरिरहेको छ ।

यस चार दिनका बीचमा नेताहरुका बीचमा पटक पटक छलफलहरु भईरहेका छन् । तर निचोड निष्कन सकेको छैन । राष्ट्रपतिले दिएको समयसम्म पनि कुनै निकास निष्किएन भने बहुमतका आधारमा सरकार गठन गरिनु पर्ने अवस्था आउँछ । तर यसका लागि संसद सुचारुहुनु अनिवार्य छ ।

माओवादी आफ्नै अडानमा रहिरहने हो भने बहुमतका आधासरमा पनि तत्कालै कुनै सरकार बन्ने सम्भावना छैन् । यसले लामो समयसम्म सरकार विहिनताको सम्भावना बढ्दै जाने पक्का छ ।

संयूक्त नेपाली मोर्चा यूरोपको प्रेस बिज्ञप्ति

कु का मतियारहरुको भण्डाफोर गरौं
लोकतन्त्र राष्ट्रीयताको पक्षमा गोलवन्द हौं

आदरणीय दाजुभाई तथा दीदी बहिनीहरु
हामी बिदेशमा रहेर पनि तपाईहरुले नेपालमा न्याय, स्वतन्त्रता, र सकृयाताकालागी गर्नु भएका संर्घष्ाहरुमा सहभागीता र एकेबद्धता जनाउदै आईरहेका छौं । दश बर्षो महान जनयूद्ध र उनाईस दिने जनआन्दोलनको उपलब्धी स्वरुप संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल पाएका थियौं । तर यसलाई संस्थागत गर्न नपाउदै राष्ट्रपतिलाई अगाडी सारेर कु भएको छ ।
१.हालै नेपालको सरकारको तर्फाट नागरीक र्सवच्चताको बर्खीलव गर्ने प्रधानसेनापतीलाई पदवाट बर्खास्त गर्ने निर्ण्र्ााबिरुद्ध संबैधानिक राष्ट्रपती रामवरण यादवले प्रधानसेनापती रुक्मागत कटुवाललाई पर्ुनस्थापाना गरेका छन । नेपालको अन्तरीम संबिधानमा राष्ट्रपतीको स्वबिवेक प्रयोग हुने कुनै ब्यवस्था नभएको हुदां प्रधानसेनापतीलाई पर्ुनस्थापाना गर्ने कार्य असंवैधानिक हो । राष्ट्रपतीको यो कदम शान्ति प्रकृयालाई तार्किक निषकर्समा पुर्याई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापाना नयां राज्य पर्नसंरचना, नया संबिधान निर्माण र सस्थागत गर्ने जनचाहाना , आन्दोलनको मर्म र भावाना बिरुद्धको कुठाराघात हो यो सरासर कु हो ।
२.नेपाल कहिलै पनि पर्ुण्ा उपनिवेश पनि भएन र कहिलै पर्ुण्ा स्वतन्त्र पनि रहेको छैन भन्ने कुरा भारतिय राजदुतले प्रधानसेनापती रुक्मंागत कटुवाललाई कार्वाही नगर्न र भारतीय स्वार्थ भन्दा बाहीर गएर कुनैपनि निर्ण्र्ाानगर्न नेपालका प्रधानमन्त्रिलाई पटक पटक दीएको दवाव धम्की -कुटनैतिक मुल्य मान्यता भन्दा तल गएर गरेको घटीया हर्कत) निरन्तर सिमा अतिक्रमणले पुन ब्यवाहारीक पुष्टी गरेको छ । यो नेपाल र नेपाली जनतालाई स्वीकार्य छैन । यो केबल नेपाललाई भुटानीकरण, सिक्कीमीकरण गर्ने भारतीय सणयन्त्रको एउटा नाङ्गो रुप हो ।
३.प्रधानसेनापतीलाई नागरीक सर्वोचताको बिरुद्धमा उभिन प्रोसाहीत गर्ने र राष्ट्रपतीलाई कु गर्न उस्काउने कदम सामन्यतस् अमेरीकी साम्राज्यबाद र उस्को साम्राज्यवादी गठवन्दन बिसेषतस् भारीय बिस्तारबाद र त्यस्का नेपाली दलाल नेपाली काग्रेस र नेकापा एमालेको संयूक्त षणयन्त्रकारी योजना हो । नयां बिचार,स्पस्ट र जनमुखी ,राष्ट्रबादी लोकतान्त्रीक कार्य योजना लिएर अगाडी बढ्न खोजेको सरकारलाई काम गर्न र अगाडी बढ्न नदीन बिभिन्न अवरोध सणयन्त्र गर्दै राजिनामा दीन बध्य पार्ने यी दलालहरुले सरकार बनाउदा नेपाली एजेण्डा लागु गर्छनकी भारतीय - स्पष्ट छ यीनिहरु नेपाल र नेपालीका होईनन् भारतिय एजेण्डा लागु गर्नेछन् । रामवरण यादव नेपालका राष्ट्रपती हुन की भरतीय कर्मचारी - जनताले छिट्टो छीनोफानो गर्ने बेला आई सकेको छ । त्यसकारण कु को कदम फिर्ता लिदै राष्ट्रपती पदबाट राजिनामा गर्न सममानिय राष्ट्रपती रामबरण यादव समक्ष माग गर्दछौं ।
४.नागरीक सर्वोच्चता, लोकतन्त्र र भौगलीक अखण्डताजोगाउन संपर्ुण्ा देश भक्त तथा बामपन्थिसक्तीहरु गोलबन्द हुन समेत यसै बिज्ञप्ति मार्फ हार्दीक अनुराध गर्दछौं । धन्यबाद ।
नबिन सापकोटा
अध्यक्ष
संयूक्त नेपाली मोर्चा यूरोप

राष्ट्रपतिको कदम असंवैधानिक र नागरिक सर्वोच्चताको विरुद्ध नेपाल लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमको प्रेस विज्ञप्ती

सयौं वर्षपुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देश संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भै सकेको वर्तमान परिवेशमा जननिर्वाचित सरकारले अवकाश दिएका प्रधानसेनापति रुक्मागत कटवाललाई राष्ट्रपतिले निरन्तर काम गर्न दिनु भएको निर्देशन नागरिक सर्वोच्चताको विरुद्ध असंवैधानिक र गैर लोकतान्त्रिक कार्य गरेकोमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमको गम्भिर ध्यानार्कषण भएको छ ।
नेपाली जनताले संविधान सभाको निर्वाचनबाट अनुमोदित गरेको एकीकृत नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारको मन्ेित्रपरिषदको बैठकले प्रधानसेनापति रुक्मागत कटवाललाई हटाउन गरेको निर्ण्र्ाासंवैधानिक र प्रचलित नियम कानून सम्मत रहेको ठहर मोर्चाले गरेको छ ।
नेपालको अन्तरिम संबिधान २०६३ ले निर्वाचित राष्ट्रपतिलाई आलङकारी राष्ट्र प्रमुखको अधिकार मात्र दिएको छ तर नेपालको वर्तमान संक्रमणकालिन राजनीतिक अवस्थामा प्रतिगामी तथा यथास्थितिवादी नेपाली कांग्रेस लगायतका केहि दलहरु, र विभिन्न देशी तथा विदेशी प्रतिक्रियावादीेेको उक्सावट र निर्देशनमा द्धैध सत्ताको स्थिति सिर्जना गरी समानन्तर शtmि केन्द्रको रुपमा क्रियाशील भई राष्ट्रपतिजस्तो गरिमामय पदमा रहेर डा. रामवरण यादवद्धारा अवकाश प्राप्त कटवाललाई प्रधानसेनापतिको हैसियतमा कार्य संचालन गर्नु भनी दिएको निर्देशन वर्तमान संविधानलाई कुल्चेर ज्ञानेन्द्रले विगतमा चालेको कदमलाई पछ्याएको असंवैधानिक, देशलाईमुठभेडतर्फडोर्‍याउने, पदिय दायित्व विपरितको घोर आपत्तिजनक र निन्दनीय कदम हो ।
राष्ट्रपतिको उtm कदम लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सैनिक बलमा गरिएकोर् कू' हो भन्ने कुरामा कुनै अस्पष्टता छैन ।। यो कार्यले नागरिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गरी लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारप्रति आघात पारेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिलाई अघि सारेर लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया माथि गम्भिर प्रहार गर्न कतिपय राजनीतिक दल र शक्तिहरु अग्रसर बनेको प्रसंगले संघिय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियालाई झन् गम्भिर असर पुर्‍याएको छ । यसका विरुद्ध सम्पर्ूण्ा देशभtm लोकतन्त्रबादीहरुले आवाज उठाउने र राष्ट्रपतिको गैर-संवैधानिक हर्कत सच्याउन,प्रधानसेनापतिको कटवाल माथिको कारबाही कार्यान्वयन गर्न गराउन, सेनामाथि नागरिक सर्वोच्चता कायम गर्न, नेपालको आन्तरिक मामिलामा अन्तर्रर्ााट्रय शtmिकेन्द्रहरुको दृश्य र अदृश्य चलखेल, हस्तक्षेप रोक्न आज सम्पर्ूण्ा लोकतान्त्रिक गणतान्त्रिक र देशभtm शtmिहरुको का"धमा गम्भिर दायित्व आएकोले हामी नेपाली जनतामा सजग र र्सतर्क रहन समेत आव्हान गर्दछौं ।
यसले समग्र स्थितिमा देशको शान्ति प्रक्रिया,लोकतन्त्र,नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको रक्षाको तगारो बनेर देशलाई मुठभेडको बाटोमा बढाउन खोजेकोले सो हुन नदिनका लागि नागरिक सर्वोच्चताको लागि नया" संर्घष्ा गर्न पनि पछि नपर्न समेत सम्पर्ूण्ा देशभtm लोकतन्त्रवादी नेपालीहरुमा यसै विज्ञप्ती मार्फ अपिल गर्दछौं ।
..............
कृष्ण तिवारी
अध्यक्ष
..............
चित्र सुवेदी
महासचिब
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
मिति ः ०५/०५/२००९

Tuesday, May 5, 2009

देशमा कु भै रहेछ








देशमा कु भै रहेछ
उठ जनता हो देशमा कु भै रहेछ।
नयाँ राष्ट्रपती कार्यकारी भए
,प्रधानमन्त्री सेरेमोनिअल भए
हेर त जनता हो
हाम्रो देस कता गै रहेछ ।
अनी देस कस्ले चलाई छ।
शाहीदको रगत पानी भै रहेछ
नेपाल को मालिक बिदेशी भै रहेछ ।
राजनीति सडी रहेछ, नेताहरु गनाइ रहेछन ।
शान्ती भागी रहेछ ।
गठबन्दन् चली रहेछ ।
पुराना राजाका मान्छे हरु ,फेरी नयाँ जामा लगाएर नयाँ नाटक को शुरु गरी रहेछन ।
हाम्रा अंकलहरुको रगतको उपहास गरिरहेछन ।
वीर शाहीद को रगत पोतिएको देशमा
फेरी कालो रातको अन्ध्यारोले छाइ रहेछ ।
शहिद्का छाप्रोमा आसुँ बगी रहेछ ।
मुलुकमा फेरी कालो बादल मडारीई रहेछ ।

दर्पण राज गौतम

Saturday, May 2, 2009

सेनापतिलाई कारबाही जनयुद्धभन्दा जटिलः महरा

नेपालसमाचारपत्र, (सुर्खेत)
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले प्रधानसेनापति हटाउने विषय १० वर्षो जनयुद्धको लडाइभन्दा पनि जटिल भएको बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ सुर्खेतले १२०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री महराले सो कुरा बताउनु भएको हो। जनयुद्धमा दश हजारले ज्यान गुमाएको उल्लेख गर्दै मन्त्री महराले सेनापतिलाई हटाउने निर्णया फेरि अरु दश हजारले ज्यान गुमाउनुपरे पनि पछि नहट्ने कुरामा जोड दिनुभयो।प्रधानसेनाति रुक्माङ्गद कटवाललाई सेनापतिबाट हटाउने विषयमा राजनीतिक सहमति जुटाउन लागेकाले ढिलो भएको उहाँको भनाइ छ। सेनापतिका पक्षमा भारतिय नेताहरू पछि लागेर षड्यन्त्र गर्न लागेको मन्त्री महराको आरोप छ। षड्यन्त्र वासिङ्टनमा होस चाहे दिल्लीमा होस अथवा नागार्जुनमा नै होस तर हामी कुनै पनि षड्यन्त्रमा फस्दैनौं -महराले भन्नुभयो। यसैबीच क्रान्तिकारी पत्रकार संघ भेरी कर्ण्ली राज्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले सेनापतिलाई बर्खास्त गर्ने अधिकार राष्ट्रपतिलाई नभएर सरकारलाई भएको हुदा सरकारले चाहेको बेलामा सेनापतिलाई हटाउन सक्ने दाबी गर्नुभयो।(देशलाई अस्थिर बनाएको आरोप)राजविराज संवाददाताका अनुसार नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सरकारले माओवादी लडाकूलाई सेनामा प्रवेश गराउन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन खोजेको आरोप लगाउनुभएको छ। राजविराजमा मे दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस सप्तरीले शुक्रबार आयोजना गरको आमसभामा बोल्दै महामन्त्री निधिले उक्त आरोप लगाउनुभयो। संविधान निर्माणको जिम्मेवारी पाएको माओवादी नेतृत्व सरकारले एकपछि अर्को बखेडा झिकेर देशलाई अस्थिरतातर्फधकेलिरहेको छ भन्नुभयो। नागरिक सर्वोच्चताको नाममा सेनालाई माओवादी पार्टीर्यकर्ता बनाउन खोजेको आरोप लगाउँदै महामन्त्री निधिले मिडिया र न्यायालयपछि सेनामा माओवादीले हस्तक्षेप गरेको विरोध सरकारमा सहभागी माओवादीबाहेकका सबै दलले गरिरहेका हुन् भन्नुभयो। यसै गरी भक्तपुर संवाददाताका अनुसार नेपाल मजदुर किसान पार्टी अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छें (रोहित) ले हाल देशमा भइरहेको सेनापतिसम्बन्धी विवाद सामन्ती र पुँजीवादी सत्ता संर्घष् मात्र हो भन्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघद्वारा भक्तपुरको टौमढीमा शुक्रबार आयोजित मजदुर र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले मजदुर आन्दोलन ट्रेड युनियनवादमा फस्नु नहुने र मजदुरहरूको दीघकालीन हितका निम्ति समाजवादी व्यवस्था स्थापना हुनुपर्ने बताउनुभयो। किताब र प्रश्नपत्र छाप्नेदेखि हरेक काम विदेशी कम्पनीलाई ठेक्का दिने र मजदुर राख्ने हटाउने अधिकार उद्योपतिलाई दिने सरकार कसरी कम्युनिष्ट सरकार हुन सक्छ भन्दै अध्यक्ष् बिजुक्छेँले वर्तमान सरकार विदेशीहरूको दलाल रहेको आरोप लगाउनुभयो। सभामा नेककिपाका केन्द्रीय सदस्य प्रेम सुवाल, नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष चक्रबहादुर चाकतुलले पनि बोल्नुभएको थियो। संघका केन्द्रीय सदस्य एवम् सभासद् नवराज कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका भक्तपुर जिल्ला अध्यक्ष राजकृष्ण गोराले स्वागत मन्तव्य र मजदुर प्रतिनिधि रीता दुमरुले अपिल वाचन गर्नुभएको थियो।

मे दिवस






मे दिवसः
मे दिवसको अवसरमा शुक्रबार राजधानीमा विभिन्न संघ संस्था, कल कारखानामा कार्यरत मजदुरहरुले विभिन्न स्थानबाट रैली निकाले भने, खुलामंचमा आयोजित कार्यक्रममा झांकी, नृत्य प्रस्तुत गर्नुका साथै प्रमुख अतिथी अर्थमन्त्री डा. बाबुराम भटटराईले सम्बोधन समेत गर्नु भएको थियो।


मे दिवसको अवसरमा शुक्रबार राजधानीमा विभिन्न संघ संस्था, कल कारखानामा कार्यरत मजदुरहरुले विभिन्न स्थानबाट रैली निकाले भने, खुलामंचमा आयोजित कार्यक्रममा झांकी, नृत्य प्रस्तुत गर्नुका साथै प्रमुख अतिथी अर्थमन्त्री डा. बाबुराम भटटराईले सम्बोधन समेत गर्नु भएको थियो। केही तस्बीरहरु।




नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमद्वारा मज्जदुर दिवसमा सेनापतिको राजिनामा माग


बिगतका बर्षहरुमा ब्रसेल्स केन्द्रीत मज्जदुर दिवसमा भाग लिदैं आएको बेल्जियमको एक मात्र संगठन नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले यस बर्ष नयाँ इतिहास रचेको छ । यस बर्ष बिगतको इतिहासलाई क्रमभङ्ग गर्दै चारवटै क्षेत्रीय समितिहरुले चार शहरमा भाग लिएको हो ।आन्थ्रोपेनमा मोर्चाको अध्यक्ष बिष्णु भजेलले नेतृत्व गर्नु भएको थियो । त्यस्तै ब्रसेल्समा कोषाध्यक्ष लिलाधर पन्तले, लुभेनमा केन्द्रीय सदस्य रामहरि घिमिरे र वष्ट भलान्द्रबाट क्षेत्रीय अध्यक्ष राजेन्द्र देबकोटाले नेतृत्व गर्नु भएको थियो । नेपालका सैनिक प्रमुख तुरुन्त राजिनामा दे भन्दै प्रायः सबै शहरहरुमा वेल्जियमवासी नेपालीहरु जुलुसमा सहभागी भएका थिए । यही जुन ७ तारिखका दिन सम्पन्न हुन गइरहेको स्थानीय र युरोपियन पार्लियामेन्टको निर्वाचनलाई आफ्नो पक्षमा प्रचार प्रसार गर्ने अवसरको रुपमा वेल्जियमका विभिन्न राजनैतिक दलहरुले यस दिवसलाई लिएका थिए।बेल्जियमको ऐतिहासिक तथा ठुलो शहर एन्टवेर्पनको सभालाई बेल्जियमको ट्रेड युनियनका अध्यक्ष ड्रीक स्कोटर, आफुलाई प्रगतिशील भन्न रुचाउने राजनैतिक दल एसपि आका अध्यक्ष क्यारोलाइन गेनेज र वेल्जियमकी यातायात मन्त्री क्याथलाईन भान व्रेम्टले विशाल र्‍यालीमा उपस्थित जनसमुदायलाई आफ्नो पक्षमा मत दिन अनुरोध गर्दै सम्बोधन गरेका थिए ।सबै सहरका कार्यक्रमहरुमा संसारका मजदरु एक हौं भन्ने प्ले कार्ड, च्ये ग्वभेराको प्ले कार्ड बोकेका हजारौ मज्जदुरहरु सडकमा प्रदर्शन गरेका थिए । ब्रसेल्समा वर्कर पार्टीको आयोजनामा मजदुर मेलाको आयोजना गरिएको छ । बिभिन्न रङ्गका कपडाबाट सजिएका यहाँका मजदरहरुले आफ्ना स्थानिय मागलाई जोडदार रुपले उठाएका थिए ।

स्विट्जरल्यान्डको जुरिच, जेनेभा र बर्नमा मजदुर दिवस एकैसाथ सम्पन्न


स्विट्जरल्यान्ड १ मे २००९ ।
"संसार भरिका एक मजदुर हौं" भन्ने मुल नाराका साथ १२० औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि नेपाली एक्यबद्दता मन्च (नेसोफ स्विस) स्विट्जरल्यान्डले एकै पटक जुरिच, जेनेभा र बर्नमा भब्य प्रदर्शन गर्‍यो ।
बर्नको कार्यक्रमको नेत्रृत्व संगठनका अध्यक्ष अशोक चौलागाईले गर्नु भएको थियो। त्यस्तै जुरिच को उपाध्यक्ष पुष्प सुबेदिले गर्नु भएको थियो भने जेनेभाको महासचिव कमल के सि ले गर्नु भएको थियो। स्विट्जरल्यान्डमा भएका बिभिन्न संगठनहरुको संयुक्त रुपमा आयोजना गरियको र्यालीमा अन्तरास्ट्रिय मजदुर एकता जिन्दाबाद, साम्राज्यबाद् तथा पुंजिबाद मुर्दाबाद जस्ता नाराहरु लगाईएको थियो ।
बर्नको ऐतिहाशिक शहर चिटकोलग्गेबाट शुरु भएको जुलुस नगर परीक्रमा गरी संशद भवन अगाडि गएर आम सभामा परीणत भएको थियो ।
मजदुर दिवसको सन्दर्भ पारेर बर्नको संशद भवन अगाडि गरिएको प्रदर्शनी मेलामा नेपाली ऐक्यबद्दता मन्च (नेसोफ स्विस) स्विट्जरल्यान्डले नेपाली जनयुद्ध सम्बन्धी पुस्तक, पोस्टर तथा पर्चाहरु प्रदर्शनी गरेको थियो भने दर्शकहरुले रुचिका साथ अवलोकन गर्नुका साथै नेपाली जनयुद्ध सम्बन्धी जिज्ञाशा राखेका थिए ।
त्यसैगरी जुरिचमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी प्रशासन सँगको झडपमा प्रहरीले पानीको फोहोरा र रबरको गोली चलाएको थियो।

Friday, May 1, 2009

सहमति नभए सहकार्य तोड्ने एमालको चेतावनी


प्रधानसेनापति विवादमा सहमति हुन नसके सत्ता साझेदार दल एमालले सरकार छोड्ने भएको छ ।
विहिवार बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले प्रधानसेनापति कटवाललाई हटाएरै छोडने बताएपछि एकपक्षीय रुपमा अघि नबढन उसलाई चेतावनी समेत दिएको छ । राष्ट्रिय महत्वका विषयमा माओवादी एक्लैले निर्णय गरे एमालेले कडा प्रतिवाद गर्ने भएको छ । माओवादी सचिवालयको निर्णयअनुरुप प्रधानमन्त्रीले सेनापति हटाउने प्रस्ताव ल्याएमा त्यसको प्रतिवाद गरी असफल बनाउन आफना मन्त्रीहरुलाई निर्देशन सम्म दिएको छ । प्रधानमन्त्री नरोकिएर प्रधानसेनापति हटाएरै छोडने निर्णय गरेमा उससंगको सहकार्य तोडनसमेत सकिने निष्कर्षमा एमाले पुगेको छ ।
यसैबीच स्थायी कमिटिको निर्णयप्रति उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम असन्तुष्ट बनेका छन् । सहकार्य तोडने निर्णयलाई उनले गम्भीर गल्ती भनेका छन् । तर पार्टीले भने बैठकको निर्णयका पक्षमा दृढतापूर्वक उभिन र त्यसको कार्यान्वयन गर्न उनलाई कडा निर्देशन दिएको छ ।
यसअघि एमालेले प्रधानसेनापति कटवाल, रक्षामन्त्री बादल र कुलबहादुर खड्‍का समेतलाई हटाई छत्रमान गुरुङलाई सेनापति बनाउने प्रस्ताव गरेको थियो । माओवादीले एमालेको उक्त प्रस्तावलाई अस्विकार गरेको थियो । सेनापति विवादमा समेत प्रस्ट रुपमा दुई खेमामा विभाजित एमाले नेतृत्वको के पी शर्मा ओली सर्मथकहरु स्थायी कमिटिमा बहुमत रहेको छ । वरिष्ठ नेता ओलीले प्रधानसेनापति विवादमा अध्यक्ष खनाल चीन भ्रमण गएका बेला पत्रकार सम्मेलन गरि आफ्नो असहमति प्रकट गरेका थिए भने कांग्रेसले डाकेको सर्वदलिय वैठकमा ओली पक्षधर मानिएकी विद्या भण्डारी सहभागी भएकी थिइन् ।

सेनापति प्रकरण टुङ्गीएन, राजनीति झन जटिल मोडमा

१ मे २००९ काठमाडौं-
सेनापति स्पष्टीकरण प्रकरणमा राजनीतिक दलहरुबीच कुरा नमिलेपछि नेपालको राजनीतिक झनै जटिल मोडमा पुगेको छ । सरकारको नेतृत्व गरिरहेको एकिकृत माओवादी सेनापति रुक्माङगत कटवाललाई हर्टाई छाडने अडानमा पुगेपछि सत्ता समिकरणमा सहभागि अर्को ठूलो दल नेकपा एमालेले त्यसप्रति असहमती जनाउँदैँ सरकार छोड्ने चेतावनी दिएको छ ।

एमाले स्थायी समितिको बिहिबार बसेको वैठकले माओवादीले एकल निर्णय गरे तत्काल त्यसको प्रतिवाद गर्न आफ्ना पार्टी मन्त्रीहरुलाई निर्देशन समेत दिईसकेको छ । यस्तै कांग्रेसले पनि सेनापति हटाए कडा आन्दोलन गर्ने चेतावनी दिदैँ संसद अवरुद्ध गर्दै आई रहेको छ ।एमालेको यो निर्णय सगैँ सरकार सञ्चालनमा समेत समस्या उत्पन्न हुने देखिन्छ । राष्ट्रिय सहमतिमा जोड दिदैँ आएको एमालेको यो निर्णय पछि माओवादीसामु सरकार छाड्ने वा सेनापति कार्वाहीमा पछि हटने दुइ वटा विकल्प बाकीँ छन् l
एमालेले माओवादीले सरकार छाडे वै कल्पीक शक्तीसँग मिलेर सरकार सञ्चालन गर्ने सोच समेत बनाएको छ । उता माओवादी भने सेना प्रमुखलाई कार्वाही गर्न नसके सरकार छाडने मनस्थीतिमा पुगेको देखिन्छ । बिहिबारै बसेको माओ वादी सचिवालयको वैठकले सेना प्रमुखलाई कार्वाही गर्नु पर्ने निष्कर्ष मा पुगेपछि राजनीतिक रुपले अर्को मोड लिएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामवरण यादवलाई भेटी सेना प्रमुखलाई कार्वाही गर्ने जानकारी गराउनु भएको थियो । माओवादी कार्वाही गरि छाडने, एमाले, नेपाली कांग्रेस लगायतका अन्य दलहरुले कार्वाही गर्न नहने अडान लिएपछि नेपाली राजनीति सेना प्रमुखको विवादमा नै रुमलिदैँ गईरहेको छ । सेना प्रमुखबारे अन्ताराष्ट्रि चासो पनि बढ्दै गईरहेको छ ।

भरत लगायतका अन्य आठ मुलुकका राजदुतहरुले सेनापति नहटाउन प्रधानमन्त्रीलाई चुनौतीपूर्ण भाषामा आग्रह गरेका छन् ।