Friday, May 1, 2009

सहमति नभए सहकार्य तोड्ने एमालको चेतावनी


प्रधानसेनापति विवादमा सहमति हुन नसके सत्ता साझेदार दल एमालले सरकार छोड्ने भएको छ ।
विहिवार बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले प्रधानसेनापति कटवाललाई हटाएरै छोडने बताएपछि एकपक्षीय रुपमा अघि नबढन उसलाई चेतावनी समेत दिएको छ । राष्ट्रिय महत्वका विषयमा माओवादी एक्लैले निर्णय गरे एमालेले कडा प्रतिवाद गर्ने भएको छ । माओवादी सचिवालयको निर्णयअनुरुप प्रधानमन्त्रीले सेनापति हटाउने प्रस्ताव ल्याएमा त्यसको प्रतिवाद गरी असफल बनाउन आफना मन्त्रीहरुलाई निर्देशन सम्म दिएको छ । प्रधानमन्त्री नरोकिएर प्रधानसेनापति हटाएरै छोडने निर्णय गरेमा उससंगको सहकार्य तोडनसमेत सकिने निष्कर्षमा एमाले पुगेको छ ।
यसैबीच स्थायी कमिटिको निर्णयप्रति उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम असन्तुष्ट बनेका छन् । सहकार्य तोडने निर्णयलाई उनले गम्भीर गल्ती भनेका छन् । तर पार्टीले भने बैठकको निर्णयका पक्षमा दृढतापूर्वक उभिन र त्यसको कार्यान्वयन गर्न उनलाई कडा निर्देशन दिएको छ ।
यसअघि एमालेले प्रधानसेनापति कटवाल, रक्षामन्त्री बादल र कुलबहादुर खड्‍का समेतलाई हटाई छत्रमान गुरुङलाई सेनापति बनाउने प्रस्ताव गरेको थियो । माओवादीले एमालेको उक्त प्रस्तावलाई अस्विकार गरेको थियो । सेनापति विवादमा समेत प्रस्ट रुपमा दुई खेमामा विभाजित एमाले नेतृत्वको के पी शर्मा ओली सर्मथकहरु स्थायी कमिटिमा बहुमत रहेको छ । वरिष्ठ नेता ओलीले प्रधानसेनापति विवादमा अध्यक्ष खनाल चीन भ्रमण गएका बेला पत्रकार सम्मेलन गरि आफ्नो असहमति प्रकट गरेका थिए भने कांग्रेसले डाकेको सर्वदलिय वैठकमा ओली पक्षधर मानिएकी विद्या भण्डारी सहभागी भएकी थिइन् ।

No comments:

Post a Comment