Thursday, May 14, 2009

फोरम बैठक निष्कर्षहीन, नेपाललाई समर्थन गर्न दिल्लीको दवाब

फोरमको संसदीय दलको बुधबारको बैठक बिना निष्कर्ष टुगिएको छ । पार्टीभित्र दुई धार खडा भएपछि बैठक स्थगित भएको हो । एमालेको नेतृत्वको सरकारमा जान नहुने धारको नेतृत्व पार्टी अध्यक्ष यादव र सहअध्यक्ष जयप्रकासप्रसाद गुप्ताले गरेको छन्‍ भने जनुपर्ने धारको नेतृत्व संसदीय दलका नेता विजय कुमार गच्छदारले गरेका छन्‍ । सत्ताको साँचो बोकेर बसेको फोरमको बैठकले कसलाई सर्मथन गर्ने भन्ने निर्णय गर्न नसक्दा सरकार सँगै संविधान निमार्ण प्रक्रिया झन अन्योलमा परेको छ । नेकपा एमाले-नेपाली कांग्रेस द्वारा अघि सारिएका भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित एमाले नेता माधव कुमार नेपाललाई सर्मथन गर्ने फोरमलाई दिल्लीबाट दवाब आएको फोरम नेता जयप्रकाश प्रसाद गुप्ताले बताएका छन्‍ । यो कुरा उनले फोरम संसदीय दलका बुधबारको बैठकमा बताएका हुन । नेपालमा बढदै गएको राजनैतिक अन्योलतासँगै छिमेकी देशहरुको कुटनैतिक चहलपहल बढ्‍न थालेको छ ।

No comments:

Post a Comment