ध्रुवराज भट्टराई
सरकारको नेतृत्व गर्न तम्सिएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल अहिलेनै समस्या परेका छन्f । उनलाई बिभिन्न जातीय, क्षेत्रीय, संगठनहरु र अन्यले पनि चेतावनी दिन थालेका छन्f भने केही दलहरुले गम्भीर चासो व्यक्त गर्न थालेका छन् । सरकार गठनको साँचो लिएर बसेका मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको मागलाई लिएर बार्गेनिङ् गरिरहेका छन्f । उनीहरुको समर्थन नपाए नेपालले सरकार गठन नै गर्न सक्ने छैनन्f ।
उता थारु कल्याणकारिणी सभाले अहिले मधेशवादी दलहरुले एक मधेश एक प्रदेशलाई सरकार गठन गर्नका लागि मागको बिषयमा बनाएकोमा गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस बिज्ञप्ति जारी गरी थारु कल्याणकारिणी सभाका अध्यक्ष राजकुमार लेखीले यस्तो सम्झौता भए आफूहरुलाई मान्ने नहुने चेतावनी दिनुभएको छ । नेपाल मधेशवादी दलहरु र अन्य साना दलहरुसँग पनि छलफलमा जुट्नु भएको छ । उनीहरुले पनि एक मधेश एक प्रदेशको माग पुरा भए देश गम्भीर हुने चेतावनी दिएका छन्f । बुधबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले सो बिषयमा गम्भीर ध्यान आकर्षण गराउनुभएको छ ।
नेपालले सरकार गठन नगर्दै अन्य समूहहरुको खप्की खानु, माओवादी आन्दोलनमै हुनु, मधेशवादी दलहरुको अनेक खालको बार्गेनिङ् हुनुले नया सरकार सामू असीमित चुनौतीहरु देखिएका छन्f । उता मधेशवादी दलहरुले नेपाली सेनामा मधेशी युवाहरुलाई समूहगत प्रवेश गराउनुपर्ने माग राखेका छन्f । सो बिषयमा यसअघिनै सहमति भइसकेको थियो । तर नेपाली सेनाको वर्तमान नेतृत्व त्यसको बिपक्षमा रहेको छ । यसबाट एमालेको नेतृत्वमा सरकार बन्दै नबन्ने र बनेपनि अस्थिर हुने पक्कापक्की जस्तै देखिएको छ ।
माओवादीले भने एमाले नेतृत्वको सरकार केही समयका लागि मात्रै भएको टिप्पणी गर्न थालिसकेका छन्f ।

No comments:
Post a Comment