माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच बीहिबार भएको भेटमा कोइरालाले नयाँ सरकार गठनका लागि एमालेलाई सहयोग गर्न आग्रह गरिएको बुभिएको छ ।
एमालेको नेतृत्व मा राष्ट्रिय सहमतिको सरकार बनाउनेमा कांग्रेसले सहयोग गर्ने निर्णय गरिसकेको छ । तपाईहरुले पनि यसमा सहयोग गर्नुभए राम्रो, कोइरालाले प्रचण्डलाई भनेको स्रोतले जानकारी
दिएको छ ।
कोइरालाले राष्ट्रिय सरकारको जिम्मेवारी संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुरयाउने रहेको बताउँदै सहमतिको आधारमा अघि बढ्न प्रचण्डलाई आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले भने नागरिक सर्वोच्चतालाई चुनौती दिने काम सेनाबाट बारम्बार भइरहेको स्मरण गराउदै त्यसतर्फ सचेत र गम्भीर हुन आग्रह गरेका थिए । कोइरालाले भने सेनाले टेरेन भन्दैमा शान्ति प्रक्रियालाई अवरुद्व पार्ने काम गर्न नहुने तर्क दिएका थिए । साथै कोइरालाले प्रचण्डलाई माओवादीलाई लोकतान्त्रिक पार्टीमा बदल्न आग्रह गरेका थिए । उनको भनाई थियो ।
पहिला वोलीमा एउटा व्यवहारमा अर्को गर्ने शैली अन्त्य गर्न अनुरोध गरेको कोइराला निकट स्रोतले सोलिडारिटीलाई बतायो ।

No comments:
Post a Comment