Saturday, May 2, 2009

नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमद्वारा मज्जदुर दिवसमा सेनापतिको राजिनामा माग


बिगतका बर्षहरुमा ब्रसेल्स केन्द्रीत मज्जदुर दिवसमा भाग लिदैं आएको बेल्जियमको एक मात्र संगठन नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले यस बर्ष नयाँ इतिहास रचेको छ । यस बर्ष बिगतको इतिहासलाई क्रमभङ्ग गर्दै चारवटै क्षेत्रीय समितिहरुले चार शहरमा भाग लिएको हो ।आन्थ्रोपेनमा मोर्चाको अध्यक्ष बिष्णु भजेलले नेतृत्व गर्नु भएको थियो । त्यस्तै ब्रसेल्समा कोषाध्यक्ष लिलाधर पन्तले, लुभेनमा केन्द्रीय सदस्य रामहरि घिमिरे र वष्ट भलान्द्रबाट क्षेत्रीय अध्यक्ष राजेन्द्र देबकोटाले नेतृत्व गर्नु भएको थियो । नेपालका सैनिक प्रमुख तुरुन्त राजिनामा दे भन्दै प्रायः सबै शहरहरुमा वेल्जियमवासी नेपालीहरु जुलुसमा सहभागी भएका थिए । यही जुन ७ तारिखका दिन सम्पन्न हुन गइरहेको स्थानीय र युरोपियन पार्लियामेन्टको निर्वाचनलाई आफ्नो पक्षमा प्रचार प्रसार गर्ने अवसरको रुपमा वेल्जियमका विभिन्न राजनैतिक दलहरुले यस दिवसलाई लिएका थिए।बेल्जियमको ऐतिहासिक तथा ठुलो शहर एन्टवेर्पनको सभालाई बेल्जियमको ट्रेड युनियनका अध्यक्ष ड्रीक स्कोटर, आफुलाई प्रगतिशील भन्न रुचाउने राजनैतिक दल एसपि आका अध्यक्ष क्यारोलाइन गेनेज र वेल्जियमकी यातायात मन्त्री क्याथलाईन भान व्रेम्टले विशाल र्‍यालीमा उपस्थित जनसमुदायलाई आफ्नो पक्षमा मत दिन अनुरोध गर्दै सम्बोधन गरेका थिए ।सबै सहरका कार्यक्रमहरुमा संसारका मजदरु एक हौं भन्ने प्ले कार्ड, च्ये ग्वभेराको प्ले कार्ड बोकेका हजारौ मज्जदुरहरु सडकमा प्रदर्शन गरेका थिए । ब्रसेल्समा वर्कर पार्टीको आयोजनामा मजदुर मेलाको आयोजना गरिएको छ । बिभिन्न रङ्गका कपडाबाट सजिएका यहाँका मजदरहरुले आफ्ना स्थानिय मागलाई जोडदार रुपले उठाएका थिए ।

No comments:

Post a Comment