Saturday, May 2, 2009

सेनापतिलाई कारबाही जनयुद्धभन्दा जटिलः महरा

नेपालसमाचारपत्र, (सुर्खेत)
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले प्रधानसेनापति हटाउने विषय १० वर्षो जनयुद्धको लडाइभन्दा पनि जटिल भएको बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ सुर्खेतले १२०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री महराले सो कुरा बताउनु भएको हो। जनयुद्धमा दश हजारले ज्यान गुमाएको उल्लेख गर्दै मन्त्री महराले सेनापतिलाई हटाउने निर्णया फेरि अरु दश हजारले ज्यान गुमाउनुपरे पनि पछि नहट्ने कुरामा जोड दिनुभयो।प्रधानसेनाति रुक्माङ्गद कटवाललाई सेनापतिबाट हटाउने विषयमा राजनीतिक सहमति जुटाउन लागेकाले ढिलो भएको उहाँको भनाइ छ। सेनापतिका पक्षमा भारतिय नेताहरू पछि लागेर षड्यन्त्र गर्न लागेको मन्त्री महराको आरोप छ। षड्यन्त्र वासिङ्टनमा होस चाहे दिल्लीमा होस अथवा नागार्जुनमा नै होस तर हामी कुनै पनि षड्यन्त्रमा फस्दैनौं -महराले भन्नुभयो। यसैबीच क्रान्तिकारी पत्रकार संघ भेरी कर्ण्ली राज्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले सेनापतिलाई बर्खास्त गर्ने अधिकार राष्ट्रपतिलाई नभएर सरकारलाई भएको हुदा सरकारले चाहेको बेलामा सेनापतिलाई हटाउन सक्ने दाबी गर्नुभयो।(देशलाई अस्थिर बनाएको आरोप)राजविराज संवाददाताका अनुसार नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सरकारले माओवादी लडाकूलाई सेनामा प्रवेश गराउन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन खोजेको आरोप लगाउनुभएको छ। राजविराजमा मे दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस सप्तरीले शुक्रबार आयोजना गरको आमसभामा बोल्दै महामन्त्री निधिले उक्त आरोप लगाउनुभयो। संविधान निर्माणको जिम्मेवारी पाएको माओवादी नेतृत्व सरकारले एकपछि अर्को बखेडा झिकेर देशलाई अस्थिरतातर्फधकेलिरहेको छ भन्नुभयो। नागरिक सर्वोच्चताको नाममा सेनालाई माओवादी पार्टीर्यकर्ता बनाउन खोजेको आरोप लगाउँदै महामन्त्री निधिले मिडिया र न्यायालयपछि सेनामा माओवादीले हस्तक्षेप गरेको विरोध सरकारमा सहभागी माओवादीबाहेकका सबै दलले गरिरहेका हुन् भन्नुभयो। यसै गरी भक्तपुर संवाददाताका अनुसार नेपाल मजदुर किसान पार्टी अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छें (रोहित) ले हाल देशमा भइरहेको सेनापतिसम्बन्धी विवाद सामन्ती र पुँजीवादी सत्ता संर्घष् मात्र हो भन्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघद्वारा भक्तपुरको टौमढीमा शुक्रबार आयोजित मजदुर र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले मजदुर आन्दोलन ट्रेड युनियनवादमा फस्नु नहुने र मजदुरहरूको दीघकालीन हितका निम्ति समाजवादी व्यवस्था स्थापना हुनुपर्ने बताउनुभयो। किताब र प्रश्नपत्र छाप्नेदेखि हरेक काम विदेशी कम्पनीलाई ठेक्का दिने र मजदुर राख्ने हटाउने अधिकार उद्योपतिलाई दिने सरकार कसरी कम्युनिष्ट सरकार हुन सक्छ भन्दै अध्यक्ष् बिजुक्छेँले वर्तमान सरकार विदेशीहरूको दलाल रहेको आरोप लगाउनुभयो। सभामा नेककिपाका केन्द्रीय सदस्य प्रेम सुवाल, नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष चक्रबहादुर चाकतुलले पनि बोल्नुभएको थियो। संघका केन्द्रीय सदस्य एवम् सभासद् नवराज कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका भक्तपुर जिल्ला अध्यक्ष राजकृष्ण गोराले स्वागत मन्तव्य र मजदुर प्रतिनिधि रीता दुमरुले अपिल वाचन गर्नुभएको थियो।

No comments:

Post a Comment